सरकारले माग्यो विभिन्न देशका लागि श्रम सम्बन्धी काउन्सेलर र श्रम सहचारी

काठमाडौं  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशका लागि श्रम सम्बन्धी काउन्सेलर र श्रम सहचारीका लागि आवेदन मागेको छ ।

सो मन्त्रालयले विहीबार सरकारी मुखपत्र गोरखापत्रमा विज्ञापन निकालेको छ । विज्ञापनमा भनिएको छ,‘‘तपसिल बमोजिम्का मुलुकहरुको लागि काउन्सेलर(श्रम) तथा श्रम सहचारी नियुक्त गर्नुपर्ने भएकोले ‘काउन्सेलर(श्रम) तथा सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड ऐन २०७३’ अनुसार तोकिए बमोजिम्का योग्यता पुगेका कर्मचारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुसूची २ बमोजिम निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, निवेदन फाराम यस मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको व्यहोरा जानकारी गराइन्छ ।’’

यसरी काउन्सेलर (श्रम) र सहचारी मागिएका मुलुकमा दक्षिण कोरिया, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कुवेत र ओमान रहेका छन् । ती दुवै पद श्रमिकका लागि मात्रै केन्द्रित हुने भएकोले श्रम सम्बन्धी राजदूतका रुपमा लिने गरिएको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको