प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अर्का कलाकार दीपक क्षत्रीको निधन प्रति दुख व्यक्त गरेका छन्।
उनले सामाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै भनेका छन् “दुई प्रतिभावान कलाकार गुकाएको भन्दै उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”
दर्जनौं नेपाली फिल्ममा अभिनय गर्दे लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्री गत शनिबार डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिए थिए भने फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा निधन भएको हो ।
बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/OWzdHG54Mt
— K P Sharma Oli (@kpsharmaoli) December 16, 2019