काठमाडौं – ६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ ।
जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए ।
फर्कंदा सुमनले हाँकेको बा २ ख ४४६८ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा उनले पत्नी गुमाए ।
दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नी सुनिता पनि थिइन् । घटना लगत्तैदेखि सुमन फरार छन् ।
उनीहरूको काखे शिशु खाडीचौरस्थित सिन्धु सदश्रबहार अस्पतालको संरक्षणमा रहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।