काठमाडौँ – खासै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुका कारण काठमाडौँ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा बदली र कुहिरो लागेको छ ।
यस्तै तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो लागेको छ । बिहान लागेको हुस्सु र कुहिरो तथा बादल दिउँसो हट्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् ।
मंगलबार दिनभर देशको पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ । यस्तै राति भने देशभरको मौसम सफा हुने जनाइएको छ ।
काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएकोमा दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्ने सम्भावना छ ।