काठमाडौं – काठमाडौंको तारकेश्वरमा एक महिलामाथि बलात्कार भएको छ।
३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।