काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ।

काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ। पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपालबन्द आह्वान गरेको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरिएको बन्दका कारण सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने बसपार्कहरुबाट लामो दूरीका यातायातका साधनसमेत छुटेनन्।

बिहानै केही कम सवारी चले पनि अहिले सडकमा सवारी साधन गुडेका देखिन्छन्। स्कुल कलेज भने प्राय: बन्द नै रहेका छन्। औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ।

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।

अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ। औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here