काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) शैलेस थापा (क्षेत्री) को प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।
मन्त्रीस्तरको निर्णयानुसार डिआइजी थापालाई सचिवालयमा काज खटाउने निर्णय भएको प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए। गृहले थापाको ठाउँमा प्रहरी प्रवक्तासमेत रहेका डिआइजी विश्वराज पोखरेललाई खटाएको छ। हाल उनी महानिरीक्षकको सचिवालयमा थिए।