काठमाडौँ – विकल्प बम्जनको नयाँ गीत ‘ढुङ्गा माटो’ सार्वजनिक भएको छ। मंगलबार आगमन मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा महेश नेपालीको संगीत र स्वर रहेको छ भने शब्द विकल्प बम्जनकै रहेको छ। भिडियोमा दक्षिण कोरियाको सुन्दर दृश्यहरूसंगै स्वयम् गीतकार बम्जन, समीर तामाङ्ग बोम्जन,छिओङ्ग शेर्पा र ठाकुर श्रेष्ठको अभिनय देख्न सकिनेछ।
गीतको भिडियोको निर्देशन, छायाङ्गकन र सम्पादन मन श्रेष्ठले गरेका छन् । यो गीत बम्जनको पहिलो प्रयास हो। गीत लेखनसंगै बम्जन कविता पनि लेख्ने गर्दछन्।
गीतमा गाउँघर तिर उकाली ओराली गर्दा, पाखापखेरोमा दाउरा घाँस गर्दा अनि मेलापात ,गोठालो गर्दाको यादहरु झल्झल्ती हाम्रो आँखा अगाडि नचाइदिनुको साथै हामीले भोगेको जीवन संर्घषका हरेक क्षणहरुलाई शब्द मार्फत गीतकार बम्जनले कुसलतापूर्वक उतारेका छन्।