कसको कारण दुर्घटना ? अर्कालाई दोष दिँदै पन्छिँदै जिम्मेवार निकाय

काठमाडौं – केही दिनअघि मात्र सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए भने १८ जना घाइते भए ।

सिन्धुपाल्चोकमा महिना दिनभित्र भएको यो दोस्रो ठूलो दुर्घटना थियो ।

गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जना नागरिकले ज्यान गुमाउनुपरेको थियो भने चार दर्जन घाइते भएका थिए ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा ठूला दुर्घटना भएका छन् । १७ मंसिरमा बागलुङमा भएको जिप दुर्घटनामा १० र ११ मंसिरमा अर्घाखाँचीमा भएको बस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

म्याग्दीको मालिका गाउँपालिका–७ मा भएको बस दुर्घटनामा चार जना विद्यार्थीको मृत्यु भएको थियो । सानातिना दुर्घटना दिनदिनै थपिएका थपियै छन् ।

ट्राफिक प्रहरीका अनुसार गत वर्ष सडक दुर्घटनामा २ हजार ७ सय ८९ को निधन भएको थियो भने गत साउनदेखि हालसम्म ९ सय २१ जनाको निधन भएको छ ।

पछिल्लो सिन्धुपाल्चोकको सडक दुर्घटनापछि भने प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चासो देखाएका छन् ।

उनले सम्बन्धित निकायलाई बोलाएर छलफल गरे भने दुर्घटना रोक्नेबारे कदम चाल्न निर्देशनसमेत दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा समितिसमेत गठन गरेको छ ।

अहिले दुर्घटना हुनुको कारणबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सरोकारवाला निकायहरू भने एकले अर्कालाई दोष दिएर पन्छिने दाउमा देखिएको समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको