काठमाडौं – नेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ ।
गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको भए पनि संस्थापन पक्षबाहेकका नेता बैठकमा सहभागी भएका छैनन् ।
यसबीचमा बसेका बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशनको एजेन्डा पेस गर्नुपर्ने भन्दै निरन्तर बहिष्कार गर्दै आइरहेका छन् ।
संस्थापन पक्ष र इतरपक्षले यसबीचमा सहमतिको प्रयास गर्न भन्दै वार्ता टोली नै बनाएर छलफलसमेत गर्दै आइहेका छन् ।
तर, महाधिवेशनको एजेन्डाबाट सुरु भएको वार्ताको प्रयास पछिल्लो समय भागबन्डामा आएर अड्किएको संस्थापन पक्षले बताएको समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
