प्रतिनिधिसभा बैठकमा चार शोक प्रस्ताव पारित, अर्काे बैठक कहिले ?

काठमाडौं – प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले केही समय अघि निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै छुट्टाछु्टै शोक प्रस्ताव पारित गरेको छ ।

संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा एमालेका तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधन भएको थियो ।

तत्कालीन एमालेका तर्फबाट २०५१ सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि वैरागी दाहालको ६२ वर्षका उमेरमा गत असोज ३ गते निधन भएको थियो । त्यसैगरी एमालेकै तर्फबाट २०७० सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षका उमेरमा गत कात्तिक ९ गते निधन भएको हो ।

एमालेकै तर्फबाट धनुषा ५ बाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित रामलखन महतोको ६६ वर्षका उमेरमा गत कातिक १५ गते निधन भएको थियो । भक्तपुर २ बाट कांग्रेसका तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित सदस्य रामेश्वर ढुङ्गेलको ५९ वर्षका उमेरमा यही पुस १ गते निधन भएको थियो ।

शोक प्रस्तावमा चारै पूर्वसांसदले प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पुर्‍याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उनीहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी शुक्रबार बस्नेछ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको