प्रतिनिधिसभा बैठकमा चार शोक प्रस्ताव पारित, अर्काे बैठक कहिले ?

काठमाडौं – प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले केही समय अघि निधन भएका चार पूर्व सांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै छुट्टाछु्टै शोक प्रस्ताव पारित गरेको छ ।

संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म तत्कालीन नेकपा एमालेका तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधन भएको थियो ।

तत्कालीन एमालेका तर्फबाट २०५१ सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि वैरागी दाहालको ६२ वर्षका उमेरमा गत असोज ३ गते निधन भएको थियो । त्यसैगरी एमालेकै तर्फबाट २०७० सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षका उमेरमा गत कात्तिक ९ गते निधन भएको हो ।

एमालेकै तर्फबाट धनुषा ५ बाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित रामलखन महतोको ६६ वर्षका उमेरमा गत कातिक १५ गते निधन भएको थियो । भक्तपुर २ बाट कांग्रेसका तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित सदस्य रामेश्वर ढुङ्गेलको ५९ वर्षका उमेरमा यही पुस १ गते निधन भएको थियो ।

शोक प्रस्तावमा चारै पूर्वसांसदले प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पुर्‍याएको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उनीहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी शुक्रबार बस्नेछ ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको