आर्किटेक्चर काउन्सिल गठन हुन्छ : मन्त्री इश्तियाक राई

काठमाडौं – शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले छुट्टै आर्किटेक्चर काउन्सिल गठन गर्ने बताउनुभएको छ । इन्जिनियरिङ क्षेत्रकै एउटा विधाका रुपमा रहँदै आएको आर्किटेकचर एउटा विशेष कला भएकाले यसका लागि काउन्सिल नै आवश्यक रहेको मन्त्री राईको भनाई छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राईले नेपालको परम्परागत सभ्यता जोगाउँदै वर्तमान पुस्तालाई आधुनिक सुविधासहितका संरचना निर्माणमा लाग्न आर्किटेक्टहरुलाई आग्रह समेत गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने मूल मुद्दामा केन्द्रित सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयका सचिव केदारबहादुर अधिकारीले पर्यटकीय संरचना निर्माणका चुनौतिको पहिचान गरी आगामी दिनमा थप कलात्मक संरचना निर्माणका लागि सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सम्मेलनमा सहभागि हुन विभिन्न मुलुकबाट नेपाल आउनुभएका सहभागिहरुलाई आफ्नो मुलुकमा पर्यटन बर्ष २०२० बारे सूचना पुर्याईदिन अनुरोध समेत गर्नुभएको छ ।

सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधान, स्क्याफका अध्यक्ष राजेश थापा लगायतले सम्मेलनले पर्यटकीय संरचना निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा सिंगापुर, इण्डोनेसिया, साउथ कोरिया, बंगलादेश, मलेशिया, फिलिपिन्स लगायतका १० मुलुकबाट आएका सहभागी सहित पर्यटन र निर्माण क्षेत्रमा क्रियाशिल करिब ४ सयको सहभागिता रहेको सोनाका महासचिव सुरज खनालले जानकारी दिनुभयो ।

सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टा छुट्टै छलफल भइरहेको सोनाका महासचिव खनालले जानकारी दिनुभयो । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । शुक्रबारबाट सुरु भएको सम्मेलन दुईदिनसम्म चल्नेछ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको