सर्वाेच्चको परमादेश– पशुपन्छी ओसारपसारमा निर्दयी, अमानवीय व्यवहार रोक्नू

काठमाडौं – सर्वोच्च अदालतले पुशपन्छी ओसारपसारमा निर्दयी व्यवहार नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले पशुपन्छी ढुवानी गर्दा सवारी साधनमा पशुपन्छीलाई बाँध्ने एवं राख्ने कार्यमा पशुपन्छीलाई अमानवीय, क्रुर एवं यातनाजन्य कार्य भएकाले तत्काल कानुनी कारबाही गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

पशुपन्छी ओसारपसार गर्दा अमानवीय व्यवहार भएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले दायर गरेको रिटमा जनावर ओसारपसार गर्दा निर्दयी व्यवहार नगर्नू भनी २१ साउन २०७५ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

पशुपन्छी ढुवानी गर्दा सवारी साधनमा पशुपन्छीलाई बाँध्ने एवं राख्ने कार्यमा पशुपन्छीहरूप्रति निर्दयी, अमानवीय, क्रुर एवं यातनाजन्य कार्य भइरहेको छ/छैन ? भनी राजमार्गमा रहेका प्रहरी इकाइ र पशु क्वारेन्टाइन कार्यालयले राजमार्गमा पशुपन्छी ढुवानी भइरहेका साधनमा नियमित निरीक्षण र अनुगमन गर्न परमादेशमा उल्लेख छ ।

त्यस्तै, सर्वोच्चको पूर्ण पाठमा भनिएको छ, ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन–२०५५ र ऐनको नियमावली २०५६ एवं पशु ढुवानी मापदण्ड २०६४ को व्यवस्थाविपरीत पशुपन्छीप्रति निर्दयी, क्रुर एवं यातनाजन्य कार्य र व्यवहार भइरहेको पाइएमा तत्कालै कानुनी कारबाही गर्न राजमार्गका प्रहरी चौकी, इकाइ र पशु क्वारेन्टाइन कार्यालयलाई निर्देशन पठाउन परमादेश जारी गरेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको