काठमाडौं – नेकपाले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड संघीय दलका उपनेता समेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् ।
संविधानको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन् ।
