काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन।
अहिले (शुक्रबार बिहान) देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।
आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।