काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ गुमाए लगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत राख्ने कोसिस थालेका छन् ।
प्रधानमन्त्रीले पनि राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलगायत सो दलका अन्य नेताहरुसँग औपचारिक, अनौपचारिक छलफल थालेका छन् ।
महतोले समेत पार्टी संघीय सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर उनले यसका लागि संविधान संशोधनसहित आफूहरुका अन्य माग पूरा गर्न सहमत हुनुपर्ने सर्त राखेका छन् ।
समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि र सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ ।