बिहे गर्न दवाव दिएपछि प्रेमिकाकाे हत्या, शव तमोरमा बगाइदिए प्रेमिले

त्रिवेणी गाउँपालिका-२ चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ।

१७ मंसिरदेखि बेपत्ता मन्दिराको शव भने अझै फेला परेको छैन।

उनका प्रेमी रमेश अधिकारीले नै उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। रमेशलाई प्रहरीले पक्राउ गरेको छ।

रमेश नातामा मन्दिराका दाजु पर्ने व्यक्ति हुन्। रमेशले बयानमा मन्दिराको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङबाट सीताराम गुरागाईंले लेखेका छन्।

‘मन्दिरा र मेरो दुई वर्षअघिदेखि प्रेम सम्बन्ध थियो, उनले विवाह गरौँ भनेर दवाव दिइरहेकी थिइन्। हामी दुबै अधिकारी भएकाले विवाह गर्न मिल्दैनथ्यो। त्यसैले मारिदिएँ,’ रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ।

मन्दिरा बेपत्ता भएकै दिन चोकपुरस्थित तमोर नदी नजिकको खेतमा लगी हत्या गरेर शव झोलुंगेपुलबाट तमोर नदीमा फालिदिएको रमेशले बताएका छन्।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको