सन्दर्भ नेपाली टोपी दिवस : नेपाली पहिरन हटाएर सरकारलाई जंगली स्वभाव नदेखाउन चेतावनी

काठमाडौं – नेपाली टोपी दिवस (जनवरी १) को सन्दर्भ पारेर आयोजक संस्था जागरुक युवा अभियान नेपालले सोमबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको अनामनगरस्थित संवाद चौतारीमा आयोजित कार्यक्रममा इतिहासकार प्रा. डा. दिनेशराज पन्त र पत्रकार एवं अधिवक्ता स्वागत नेपालले बोलेका थिए । नेपाली टोपीको इतिहास र अहिलेको अवस्थाका बारेमा इतिहासकार पन्तले प्रष्ट्याएका थिए । उनले पछिल्लो पुस्ताले हराउँदै गएको राष्ट्रियता जोगाउने अभियान चलाएको प्रति खुशी व्यक्त गर्दै सबैले अभियानलाई साथ दिनु पर्ने बताए ।

अहिले तन्त्र फेरियो । यो सँगै संस्कृति पनि हराउने खालका निर्णय गरेर सरकारले हाम्रो संस्कृति माथि धावा बोलेकोमा उनको असन्तुष्टि थियो । नेपाली हुनुको शान जहाँ गएपनि नहराउने भएकाले सरकारले राष्ट्रिय सरोकारका विषयमा निर्णय गर्दा धेरै सोच विचार पुर्याउनु पर्नेमा उनको सुझाव थियो ।

यस्तै अधिवक्त स्वागत नेपालले बाँच्नु मात्रै ठूलो कुरा नभएर राष्ट्रियता जोगाउन सक्नु नै ठूलो कुरा भएको बताए । उनले नेपाली पहिरनको छुट्टै विशेषता र महत्व भएकाले यसको जर्गेनामा सरकार उदाशिन भएको प्रति आक्रोस व्यक्त गरे । विश्वमा सबै देशको आआफ्नो मौलिक पहिचान र पहिरन हुने भएकाले नेपाली पहिरन हटाएर सरकारलाई जंगली स्वभाव नदेखाउन पनि नेपालले चेतावनी दिए । उनले गुमेको पहिचान जोगाउने जागरुक युवा अभियान नेपालको प्रयासको खुलेर प्रशंसा पनि गरेका थिए ।

जागरुक युवा अभियान नेपालले विगत ६ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आएको छ । यसवर्ष पनि उसले राजधानीको माइतीघर मण्डलामा जम्मा भएर आगामी बुधबार (पुस १६) जनवरी १ मा सातौं नेपाली टोपी दिवस मनाउँदैछ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको