तेस्रो आइवार्ट सर्ट फिल्मको उपाधि सरिता शाहको चलचित्र ‘फगुनिया’लाई

काठमाडौँ – टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरुको अन्तराष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले तेश्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिष्पर्धा सम्पन्न गरेको छ।  शुक्रबार राष्ट्रिय नाचघर काठमाण्डौमा चलचित्रका निर्माता निर्देशकहरु, निर्णायक मण्डल र आइवार्ट सदस्यहरुको सहभागीकाबीच सो कार्यक्रम सम्पन्न गरिएको हो।

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा आयोजना गरिएको सर्ट फिल्म प्रतिष्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७ वटा लघुचलचित्रहरु प्रर्दशन गरिएको थियो।

वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक÷लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनको प्रमुख निर्माता तथा आइवार्ट नेपालकी सचिव नीता सापकोटालगायतका निर्णायक टोलीले कथा, निर्देशन र सन्देशका आधारमा चलचित्रलाई मूल्यांकन गर्नु भएको हो ।

प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल निर्देशक सरिता शाहको चलचित्र फगुनियाले नगद २५ हजार, द्वितीय स्थान हासिल गर्न सफल निर्देशकद्वय पुष्पाजोशी र एन्जिला चौधरीकोे चलचित्र ललिताले नगद १५ हजार र तृतीय स्थानमा निर्देशकद्वय श्रृषाकुँवर र अस्मिता लावतीको चलचित्र समाइराले नगद १० हजार प्राप्त गरेको छ ।

ब्रिटिस काउन्सील संगको सहकार्यमा आइर्वाट नेपालले “जलवायु परिवर्तन“ क्लाइमेट चेन्ज विधा तर्फ ६ वटा लघु चलचित्रहरु प्रर्दशन गरिको थियो । उक्त बिधामा निर्देशक सोनाम छोके लामाको डोल्पाको हिमश्रृंखलाको कथा बोकेको चलचित्र द माउन्टेन आर एंग्री उत्कृष्ट हुदै नगद रु २५ हजार प्राप्त गरेको छ ।

संसार भरि बढ्दो जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न फिल्मको माध्यमवाट सचेतना फैलाउने उद्देष्यका साथ यो पटक ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा जलवायु परिवर्तन बिषयमा बनेका फिल्म पनि सहभागी गराइएको हो ।

उक्त कार्यक्रममा सिडको उपाध्यक्ष एवमं कार्यक्रमका प्रमुख अतिथि बन्दना राणाले महिलाको मुद्घा केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको भन्दै महिला हिंसा कम गर्नको लागि समाजको मानसिकतामा नै परिवर्तन हुनु पर्नेमा जोड दिइन्।

त्यस्तै आइवार्टको नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले आइवार्टको नेपाल च्याप्टरले गरी आएका गतिविधिको बारेमा जानकारी दिदै महिला निर्देशकहरुको सीप विकास गर्दै महिला निर्देशकहरुको संख्या बढाउनको लागि सर्ट फिल्म विच प्रतिष्पर्धाको आयोजना गरिएको बताइन् ।

त्यस्तै सर्ट फिल्म प्रतियोगिताका संयोजक इच्छा गुरुङ्गले सर्ट फिल्म प्रतिष्पर्धाका प्रक्रिृयागत मुल्याङ्कनको बारेमा जानकारी दिएकी थिइन् ।

आइवार्ट नेपाल च्याप्टरका सदस्य सिलु अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा आइवार्ट नेपाल च्याप्टरका उपाध्यक्ष मल्लिका भट्टराईले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा आइवार्ट इन्टरनेशनलका अध्यक्ष भ्वाइलेट गोन्डाले पठाएको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो।

१४ राष्ट्रहरुमा इकाइ तथा ५४ राष्ट्रमा सदस्यहरु फैलिएको आइर्वाटको नेपाल च्याप्टरले यसअघि सन् २०१९ र २०२० मा यस किसिमको प्रतिष्पर्धाको आयोजना गरिसकेको छ ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको