सरुवा भएको ठाउँ जान एसपी मल्ललाई १२ घन्टे निर्देशन

भरतपुर – चितवन प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई सरुवा भएको स्थानमा जान १२ घन्टे निर्देशन दिइएको छ । उनलाई यो निर्देशन प्रदेश प्रहरी कार्यालयले दिएको हो । प्रहरी उपरीक्षक मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो । १३ दिन बितिस्कदा पनि सरुवा भएको स्थानमा नगएपछि एसपी मल्लाई प्रदेश प्रहरी कार्यालयले यस्तो निर्देशन दिएको हो ।

३ नम्बर प्रहरी प्रदेश कार्यालयले उपरीक्षक मल्ललाई गोप्य सर्कुलर पत्र दिएको थियो । तर एसपी मल्लले सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा उक्त पत्र हालेपछि सो विषय बाहिरिएको हो ।

उक्त पत्रमा डिएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो। चितवनमा एसपी गंगा पन्तलाई सरूवा गरिएको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको