ट्राफिक प्रहरी प्रमुख नै यात्रु बनेर गएपछि …

काठमाडौं – सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल विहिबार अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न क्षेत्र घुमे ।

उनले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार , गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे गाडीको यात्रा गरेरै अनुगमन गरे । ट्याक्सी चालकले गर्ने व्यवहारदेखि सडकमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा गरेको गतिविधि पनि उनले नियाले ।

“हरेक दिन जसो नै सर्वसाधारणबाट गुनासो आउन थाल्यो, कसैले आरक्षण सिट पाएन, कसैले सहचालकले गाली ग¥यो, कसैले जथाभावीरूपमा ओराल्यो भनेर पटक–पटक गुनासो आइरह्यो, त्यसैले अवस्था के रहेछ त भनेर बुझेँ”, ढकालले भने ।

अपराह्न करीब २ बजेको थियो । सिमसिम पानी परेकाले मौसम चिसो थियो । उनले काठमाडौँको पुतलीसडक, बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा सार्वजनिक सवारीमा चढेर यात्रा गरे । कहिले सार्वजनिक बस त कहिले ट्याक्सीमा चढेर चालकको आनीबानी, यात्रुलाई गर्ने व्यवहार र भाडा दरबारे नजिकबाट नियाले ।

“विगतको भन्दा सार्वजनिक यातायात धेरै सुध्रिएको देखियो, तर अझै समस्या भने कायमै छ”, एसएसपी ढकालले अनुभव सुनाए । यतिले मात्रै पुग्ने नदेखिएको भन्दै अझै धेरै गर्न बाँकी रहेको उनले प्रतिक्रिया दिए । ढकालका अनुसार सार्वजनिक सवारी साधनको सिट घुँडा राख्न नमिल्ने गरी साँघुरो पाइएको छ । ट्याक्सी चालकले हत्तपत्त मिटरमा नजाने गरेकोसमेत पाइएको उनले बताए ।

रत्नपार्कबाट उनी प्रदेश ३–०१००२ ज ५९९७ लेखेको ट्याक्सी चढे । “सिंहदरबारसम्मको कति भाडा”, उनले सोधे । “त्यही दुई सय जति दिनुस् न मिलाएर”, चालक रामेछापका केशव श्रेष्ठले जवाफ फर्काए । “यति नजिक पनि २०० मिटर छैन”, उनले फेरि सोधे । “भए पनि थोरै पैसा उठ्छ नि सर, त्यही भएर”, चालकको जवाफ आयो ।

एकछिन कुरा गरेपछि चालकले मिटरमा जाने भए मिटर पनि लगाउँछु भन्दै मिटर अन गर्न पुगे । अन्ततः मिटरमा ६० उठ्यो । ढकालले पैसा तिरेर आगामी दिनमा यसरी बढी भाडा नभनी मिटरमा जान चेतावनी दिए । अनुगमनका क्रममा यात्रुलाई सहचालकले गर्ने व्यवहार राम्रो नभएको देखिएको र यात्रुलाई बस्नसमेत सकस भएको पाइएको बताउँदै यसलाई नियन्त्रणका लागि आवश्यक पहल गरिने प्रतिक्रिया दिए ।

पैसा लिएपछि यात्रुलाई त्यही अनुसारको सेवासुविधा दिन सक्नुपर्छ, सरसफाइ र सिटको सहज व्यवस्था गर्नुपर्छ, यसतर्फ अझै ध्यान नपुगेको पाइएको उनले बताए । धेरै ट्याक्सीले मिटरमै गएको पाइए पनि छोटो यात्रामा भने मिटरमा जान नमान्ने गरेको समेत ढकालले बताए ।

उनका अनुसार यात्रुलाई यात्राका समयमा एउटा समस्या हो तर चालकले ट्राफिक नियम पालना नगरेका कारण दुर्घटना बढ्ने अर्को जटिल समस्या छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिने प्रहरीको अनुमान छ ।
रासस

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको