को हुन् कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा ?

काठमाडौं – नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका गगन थापा कांग्रेसको महामन्त्रीमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् । शेखर कोइराला समूहका उनले सभापति शेरबहादुर देउवा समूहका उम्मेदवारलाई पराजित गर्दै विजयी बनेका हुन् । त्यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा भएको निर्वाचन समितिले जनाएको छ ।

गगन थापाको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा हुन्। गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोकमा बित्यो । उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्।

दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे। त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवारमा पनि त्यही सिकाइन्थ्यो, विद्यालयमा पनि। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।

त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उनि विद्यार्थी संगठनमा लागे। नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए। त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गरे। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बने।

२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो र उपाध्यक्ष हुँदै महामन्त्री बने। उनि जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उनी ८, १० पटक जेलसमेत परे ।

२०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उनीसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन र पक्राउ पर्दै छुट्दै गरे।

समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे। थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गणतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। उनको भाषणले रगत नै उमाल्ने युवाहरु बताउछन।

दर्जनौ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने, अध्ययन र घुमफिर आफ्नो रुचि भएको बताउछ्न। संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसींह केसी की छोरी अञ्जना के.सीसँग २०६५ वैशाखमा विवाह गरे।

दिन दिनै लोकप्रियताको शिखर चड्दै जाने क्रममा २०६४ को चुनाबपछि सभासद बनेका थापा काङ्ग्रेसको १२ औ अधिबेसनमा सबैभन्दा बढी ७०% भोट प्राप्त गरि केन्द्रीय सदस्य बन्न सफल भए।

यसबाहेक दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका उनले विपक्षी उम्मेदवारहरू नेकपा एमालेका निर्मल कुइँकेल तथा तत्कालीन एनेकपा माओवादीका नेता तथा हालका उप राष्ट्रपति नन्दबहादुर पुन पासाङलाई भारी मतले हराएका थिए ।

१४ औ महाधिवेशनमा सभापतीमा उठ्छु भन्दै आएका गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट पूर्वतयारी बिनै बिपी पुत्र ससाङ्क र आफ्नै ससुरा अर्जुन नर्सिङ केसीसँगै महामन्त्रीमा उठेका उनले बदर सहित झन्डै ७०० मत ल्याई सबैलाइ आस्चर्यमा पार्दै आफ्नो लोकप्रियतालाई सबैका सामु छर्लङ्ग गरिदिएका थिए ।

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निवाह गरेका काग्रेसका युवा नेता गगन थापा एक सभासदको रुपमा सदा चर्चाको शिखरमा रहे । पछिल्लो समय डा गोविन्द केसीको समर्थनमा खुलेरै लागेका र लोकमानसिह कार्कीलाई महाअभियोग लगाउने बारेमा संसदमा छलफल हुनुपर्छ भन्ने अभिब्यक्ती दिएपछी नेपाली जनतामाझ यिनी अझै लोकप्रिय भएका छन।

चुनौती लिन नडराउने र सफल पनि हुँदै आएका उनी हरेक निर्बाचित प्रधानमन्त्रीय ब्यबस्था हुनु पर्छ भन्दै आएका नेता हुन् । उनी स्वास्थ्यमन्त्रीसमेत भइसकेका छन् । स्वास्थ्यमन्त्रीकालमा उनको निक्कै प्रस‌ंसासमेत भएको थियो ।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको