के हो ड्राई नीडलिंग पद्धतीको उपचार ? कस्ता-कस्ता रोगको उपचार गरिन्छ ?

 

– डा. सम्बन्ध तण्डुकार,  ड्राई नीडलिंग बिशेषज्ञ

ड्राई नीडलिंग के हो ?

ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस  बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन। शरिरको कुनै अंग वा मांशपेशी दुखिरहेको छ, एक्स-रे लगायतको परीक्षणमा केहि देखिएको छैन भने उपचारको सबैभन्दा उत्तम बिकल्प ड्राई नीडीलिङ् हो।

आज संसारका ठुला ठुला हस्पीटल अनि नेपालकै धेरै हस्पिटलले ड्राई नीडीलिङ् अबलम्बन गरेकाछन्। यसको प्रभावकारीता दीनानुदिन बढ्दै गएको अनुसन्धानले देखाएको छ।

यो विधीको प्रयोग किन गर्ने ?

  • यो बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन।
  • छोटो समयमा उपचार गर्न सकिन्छ ।
  • अकुपन्चर लगयतको बिधीबाट उपचार गर्दा महिनौं सम्म हस्पिटल धाउनुपर्ने हुन सक्छ तर यो बिधी बाट १/२ दिनमै रोग कमी हुन्छ । साथै, शारीरिक पीडा न्युन हुन्छ।
  • समय, आर्थिक स्रोतको बचत गर्न सकिन्छ ।
  • आफ्नो दुखाई निको भएको छैन / रोग पत्ता लागेको छैन तर आफुलाई पीडा भईरहेको छ भने यो बिधी बरदान साबीत हुन सक्छ।
  • न्युन शुल्कमा उपचार गर्न सकिन्छ ।

यो विधीबाट कस्ता-कस्ता रोगको उपचार गरिन्छ ?

– हड्डि खिएको,

-नसा च्यापिएको,

– हाडजोर्नीको समस्या

-मांशपेशीको समस्या

-गर्दन दुखाई,

-प्यारालाइसिस, (स्पास्टिक)

-रिङगटा लाग्ने,

-पाइताला पोल्ने,

-माईग्रेन वा टाउको दुख्ने लगायतको रोगको लागी रामबाण साबीत हुन्छ।

कहाँबाट यो सेवा लिन सकिन्छ ?

खासगरी नेपालको एकदम नाम चलेका केहि हस्पिटलमा ड्राई नीडीलिङको सेवा पाउन सकिन्छ, जुन सबै सर्बसाधारणको पहुंचमा छैन। म्यानुअल थेरापी एण्ड पेन रिलिफ सेन्टरले सबै जनतालाई यो सेवा सहजै पुग्ने गरी सेवा बिस्तार गरेको छ । यदि तपाईलाई शरीरको कुनै अंगमा दुखाईको अनुभब भएको छ भने यो सेवा लिन सक्नुहुनेछ। हामीले छिटो, छरीतो, सस्तो एबम् गुणस्तरीय तरिकाबाट सेवा दिएका छौं।

(डा. तण्डुकार म्यानुअल थेरापी एण्ड पेन रिलिफ सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको