के हो ड्राई नीडलिंग पद्धतीको उपचार ? कस्ता-कस्ता रोगको उपचार गरिन्छ ?

 

– डा. सम्बन्ध तण्डुकार,  ड्राई नीडलिंग बिशेषज्ञ

ड्राई नीडलिंग के हो ?

ड्राई नीडलिंग भन्नाले अती बिशेष प्रकृतिको शुक्ष्म सियोको (कपालको केश जस्तो) माध्यमबाट गरिने उपचार पद्दती हो । यस  बिधि बाट उपचार गर्दा कुनै पनि औषधीको प्रयोग गरिदैन। असाध्ये पिडा भएको शरीरको अंगलाई शान्ती मिल्दछ । ड्राई नीडीलिङ् बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन। शरिरको कुनै अंग वा मांशपेशी दुखिरहेको छ, एक्स-रे लगायतको परीक्षणमा केहि देखिएको छैन भने उपचारको सबैभन्दा उत्तम बिकल्प ड्राई नीडीलिङ् हो।

आज संसारका ठुला ठुला हस्पीटल अनि नेपालकै धेरै हस्पिटलले ड्राई नीडीलिङ् अबलम्बन गरेकाछन्। यसको प्रभावकारीता दीनानुदिन बढ्दै गएको अनुसन्धानले देखाएको छ।

यो विधीको प्रयोग किन गर्ने ?

  • यो बिधिबाट उपचार गर्दा कुनै साईड इफेक्ट हुदैंन।
  • छोटो समयमा उपचार गर्न सकिन्छ ।
  • अकुपन्चर लगयतको बिधीबाट उपचार गर्दा महिनौं सम्म हस्पिटल धाउनुपर्ने हुन सक्छ तर यो बिधी बाट १/२ दिनमै रोग कमी हुन्छ । साथै, शारीरिक पीडा न्युन हुन्छ।
  • समय, आर्थिक स्रोतको बचत गर्न सकिन्छ ।
  • आफ्नो दुखाई निको भएको छैन / रोग पत्ता लागेको छैन तर आफुलाई पीडा भईरहेको छ भने यो बिधी बरदान साबीत हुन सक्छ।
  • न्युन शुल्कमा उपचार गर्न सकिन्छ ।

यो विधीबाट कस्ता-कस्ता रोगको उपचार गरिन्छ ?

– हड्डि खिएको,

-नसा च्यापिएको,

– हाडजोर्नीको समस्या

-मांशपेशीको समस्या

-गर्दन दुखाई,

-प्यारालाइसिस, (स्पास्टिक)

-रिङगटा लाग्ने,

-पाइताला पोल्ने,

-माईग्रेन वा टाउको दुख्ने लगायतको रोगको लागी रामबाण साबीत हुन्छ।

कहाँबाट यो सेवा लिन सकिन्छ ?

खासगरी नेपालको एकदम नाम चलेका केहि हस्पिटलमा ड्राई नीडीलिङको सेवा पाउन सकिन्छ, जुन सबै सर्बसाधारणको पहुंचमा छैन। म्यानुअल थेरापी एण्ड पेन रिलिफ सेन्टरले सबै जनतालाई यो सेवा सहजै पुग्ने गरी सेवा बिस्तार गरेको छ । यदि तपाईलाई शरीरको कुनै अंगमा दुखाईको अनुभब भएको छ भने यो सेवा लिन सक्नुहुनेछ। हामीले छिटो, छरीतो, सस्तो एबम् गुणस्तरीय तरिकाबाट सेवा दिएका छौं।

(डा. तण्डुकार म्यानुअल थेरापी एण्ड पेन रिलिफ सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको