माइग्रेन के हो ? बिरामीले के-के कुरामा ध्यान दिने ?

– डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ

माइग्रेन के हो?

माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर पीडादायी तरिकाले दुख्छ ।

माइग्रेनको दुखाइ ३, ४ दिनसम्म पनि रहन सक्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । वाकवाक लाग्ने र वान्त हुनेसम्म हुन्छ ।

माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।माइग्रेनलाई वंशानुगत रोगका रूपमा पनि लिइन्छ । मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा टाउको दुख्ने वैज्ञानिकहरूको अनुमान छ ।

लक्ष्यणहरु:

माइग्रेनको लक्ष्यणहरु बिरामी पिच्छे फरक–फरक हुन सक्छ । समग्रमा माइग्रेनका यसप्रकार उल्लेख गर्न सकिन्छ :

– टाउकाको एक भाग मात्र दुख्छ, कोही कोही बिरामीमा दुवै भागमा समेत दुख्छ ।

– वाकवाकी लाग्ने, बान्ता हुने,

– उज्यालो प्रकाश आदि सहन नसक्ने,

– घाम, होहल्ला वा गाडीमा हिंडेपछी टाउको दुख्ने,

– महिनामा एक पल्ट देखी बढीमा ४/५ पटक सम्म टाउको दुख्ने,

– निधार तथा कन्चट दुख्ने, सहन नसक्ने सम्मको टाउको दुख्ने,

– रिस उठ्ने,

– टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने,

– कहिलेकाहीं निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।

खान नहुने कुराहरु :

माइग्रेन सबैलाई एउटै खानाको परीकारले दुख्छ भन्ने छैन । त्यसैले माइग्रेन हुने व्यक्तिले आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन । खास गरी :

-क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ,

-पुरानो अचार, गुन्द्रुक, तामाजस्ता खानेकुरा नखाने, साथै पिरो कम खाने,

-कसै–कसैलाई पनिर, च्याउ खाँदा पनि माइग्रेन बल्झिएको पाइन्छ,

-मोही, चिसो पेयपदार्थ नखाँदा नै राम्रो हुन्छ,

-अमिलो खानेकुराबाट बच्नुपर्ने हुन्छ,

-मदिराजस्ता पदार्थ प्रयोग गर्नु हुँदैन ।

माइग्रेनका बिरामीले ध्यान दिनु पर्ने कुराहरु:

-तनाव माइग्रेनको महत्वपूर्ण कारण हो, सकारात्मक सोचको विकास गर्नुपर्छ,

-चिन्तालाई मनबाट हटाउने, मनमा धेरै कुरा नखेलाउने,

-अनिद्राले माइग्रेनलाई असर पु¥याउँछ , एउटै समयमा सुत्ने बानी बसाउने,

-म्याग्नेसियम र हरियो सागपातको बढी प्रयोग गर्नुपर्छ,

-पानी प्रशस्त पिउने,

-घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नुपरे छाता प्रयोग गर्ने,

-नियमित शारिरिक ब्यायाम गर्ने,

-केश रंगाउँदा वा केशमा पुरानो मेथी र तेल लगाउँदा दुख्न सक्छ, ख्याल गर्ने,

-औषधि प्रयोग गर्नुपूर्व यसको परिणामबारे पनि चिकित्सकसँग परामर्श गर्ने ।

 के उपचार गर्नै पर्छ ?

यदि माथी भनेको तरीकाले माइग्रेन निको भयो भने उपचार गर्नु पर्दैन।

माइग्रेनको पीडा नियमित भईरखेको छ, पेन किलर नै खानु पर्ने अवस्था छ भने समयमै उपचार गर्दा राम्रो हुन्छ ।

यदी बिशेषज्ञबाट उपचार गराउने हो भने माईग्रेन १००% निको बनाउन सकिन्छ, फेरी नदोहरीने गरी निको बनाउन सकिन्छ। तर नेपालमा अति सामान्य तालिम लिएका हरुले डा. हुं भन्दै उपचार गर्ने गरेको  तथ्याङ्क छ।

यदि माइग्रेनको उपचार गर्दै हुनुहुन्छ भने उपचार गर्ने ब्यक्ति डा. हो होइन एकिन गरेर मात्र उपचार गर्नु होला। उपचार गर्ने ब्यक्तीको ‘नेम प्लेट’ हेर्नुहोस डाक्टर लेखीएको छ/छैन, एकिन नगरी उपचार गर्दा सम्पति , समय र शरीर सबै को बर्बादि हुन्छ । तपाईंले दु:ख मात्र पाउनुहुनेछ।

(डा. कर्मचार्य नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ हुनुहुन्छ। उहांले बिगत १० बर्ष देखी ब्लु लोटस  हस्पिटल मा माइग्रेनको बिशेष उपचार गर्दै आईरहनु भएको छ।)

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको