काठमाडौँ – नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको रुपमा अवार्ड चुम्न सफल भएकी छन ।
पौष ११ गते काठमाण्डौमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले अवार्ड हात पार्न सफल भएका हुन । ‘एक पल्ट भनन’ भन्ने गीतबाट गायिका लामाले अवार्ड हात पार्न सफल भएका हुन ।
गायिका लामा र विशाल निरौलाको आवाजमा रहेको उक्त गीत निरौलाको युट्वुब च्यानलबाट सार्वजानिक गरिएको थियो । नेपाल सरकारको संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री श्री प्रेम आलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड समारोहमा गायिका लामाले अवार्ड प्राप्त गरेकी छन् ।
म्युजिक खबर अवार्डद्वारा विभिन्न ४२ बिधामा अवार्ड वितरण गरिएको थियो । सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल गायिका लामाले हालसम्म झन्डै चार सय भन्दा बढी गीत गाई सकेकी छन् ।
उनका गीतहरुमा ‘मुटु जली खरानी भो’ फुल भनौ जिन्दगीलाई ‘ तिमी बिना पागल भाछु’ र एक्लो भए म’ जस्ता दर्जनौ गीतहरु दर्शक माझ चर्चित रहेका छन ।
धादिङ जिल्ला साबिक बैरेनी गा .बि .स वडा नं ८ हाल गल्छी गाउँपालिका वडा नं ७ मा बुबा राम चन्द्र तामाङ र आमा कान्छी तामाङकी कान्छी सुपुत्रीको रुपमा जन्मिएकी शालिन तथा बहुप्रतिभाकी खानी लामा सानै उमेरमा पनि विभिन्न स्थानहरुमा संचालित विभिन्न कार्यक्रमहरुमा पनि उत्तिकै सफल भै अहिले देश तथा बिदेशमा समेत चर्चाको शिखर चुमि रहेकी छन् ।
