‘मिस एयरहोस्टेज २०२१’ को ताज प्रिस्किला गुरुङलाई (फोटो फिचर)

काठमाडौं – सिजन मिडियाद्धारा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” पाचौं संस्करण नाचघर जमलमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षिय प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल भइन भने फष्ट रनरअप आसा डंगुरा र सेकेन्ड रनरअपको ताज सृजु घिमिरले चुम्न सफल भइन घिमिरेले र पपुलर अवार्ड पनि हात पारिन ।

विजेताहरुले एक वर्ष भित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्किन हस्पीटलको तर्फवाट २० हजारको गिप्ट भौचर प्राप्त गर्न सफल भइन । त्यसै गरि सिम पर्सनालिटि प्रकृति गुरुङ,मल्टीमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मा लामु सेर्पा, मिस फोटोजेनिक मेलीना राजवंसी, मिस वेष्टवाक प्रिया कर्मचार्य, वेष्टडे«सको अवार्ड समिक्षा माझिले हात पार्न सफल भइन ।

उत्त कार्यक्रममा निर्णायक मंडलमा सौदर्यविद सीता न्यौपाने पाठक साउथ वइस्टनस्टेट कलेजका भाइसप्रिन्सीपल हरि सिंह केसी ,मिस एयरहोस्टेज २०१६की विजेता प्रियता मोक्तान, हिमालय एयरलाइन्सका एड्मीन म्यानेजर सेमन्त श्रेष्ठ , हवाई इन्जिनियर रन्जित जैशवाल ,नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन मुकेश कुमार गुप्ता र पत्रकार टिपि भुषाल रहनु भएको थियो ।

उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेको प्रमुख आतिथ्यमा सम्पर्न भएको थियो । कार्यक्रममा मन्त्री आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारि सृजना गर्न दवाव हुने र आगामी दिनमा नेपालको एकमात्र ध्वजावाहक एयरलाइन्सलाई विमान खरिद प्रक्रियामा लगेर राम्रो गर्ने बताए ।

उक्त कार्यक्रममा नेपालमा रहेर नेपाली हवाई उडड्यन क्षेत्रमा विगत लामो समयदेखि निरन्तररुपमा यस क्षेत्रको श्रीवृद्धिमा अतुलनिय योगदान दिनु हुने वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका कुसल व्यवस्थापक घनश्याम राज आचार्य, गुण एयरका प्रज्वल थापा, वुद्ध एयरका खगेन्द्र वस्नेत, क्याप्टेन विवेक खड्का,पूर्व विमानचारिका रेनु राई , सुवास वस्नेत, पत्रकार अच्युत पुरी,अग्नी नियन्त्रक सुनीता सिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको