काठमाडौं – गुण्डा नाइके विष्णु लामालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । विष्णु लामालाई बौद्धबाट पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग भेट भएपछि उनी भाग्न खाजेका थिए । त्यही क्रममा उनीमाथि गोली चलाइएको डिएसपी रमेशबहादुर सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार लामाको घुँडामुनि गोली लागेको छ । घाइते लामालाई वीर अस्पताल लगिएको छ ।
तामाङमाथि २०७५ मा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।
उनीमाथि १७ महिनाको बालिका हत्या गरेको अभियोग समेत छ ।
