दिलिपलाई लिभरले कोखामा घोचेपछि टिपरले किचेको खुलासा

काठमाडौं – जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाका दिलीप भन्ने ओमप्रकाश महतोको हत्या प्रकरणमा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट दिलीपलाई पहिला फलामको लिभरले कोखामा घोचेर घाइते पारी सुताएर माथिबाट ट्रिपर चलाएको प्रहरीले जनाएको छ ।

धनुषाको मिथिला नगरपालिका– ५ बस्ने रामजीवन महतोका २४ वर्षीय छोरा दिलीपले खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खवर पाएलगत्तै रोक्न गएपछि उनलाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको खुल्न आएको छ ।

उनलाई कर्तव्य ज्यान गरी हत्या गरेको कसुरमा ४ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा त्यही खोलामा सञ्चालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक २७ वर्षीय विपिनकुमार महतो, ट्रिपर चालक महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका– ९ बस्ने ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका–२ बस्ने २४ वर्षीय जितेन्द्रकुमार महतो र मिथिला नगरपालिका– २ बस्ने २७ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

दिलिपको शुक्रबार विहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलिप १६ पुसमा विदामा घर आएका थिए ।

पछिल्लो ५ वर्षदेखि उनले समाजमा रहेका बेथितिविरुद्ध आवाज उठाउँदै आएका थिए भन्ने समाचार आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् ।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको