दिलिपलाई लिभरले कोखामा घोचेपछि टिपरले किचेको खुलासा

काठमाडौं – जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाका दिलीप भन्ने ओमप्रकाश महतोको हत्या प्रकरणमा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट दिलीपलाई पहिला फलामको लिभरले कोखामा घोचेर घाइते पारी सुताएर माथिबाट ट्रिपर चलाएको प्रहरीले जनाएको छ ।

धनुषाको मिथिला नगरपालिका– ५ बस्ने रामजीवन महतोका २४ वर्षीय छोरा दिलीपले खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खवर पाएलगत्तै रोक्न गएपछि उनलाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको खुल्न आएको छ ।

उनलाई कर्तव्य ज्यान गरी हत्या गरेको कसुरमा ४ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा त्यही खोलामा सञ्चालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक २७ वर्षीय विपिनकुमार महतो, ट्रिपर चालक महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका– ९ बस्ने ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका–२ बस्ने २४ वर्षीय जितेन्द्रकुमार महतो र मिथिला नगरपालिका– २ बस्ने २७ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

दिलिपको शुक्रबार विहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलिप १६ पुसमा विदामा घर आएका थिए ।

पछिल्लो ५ वर्षदेखि उनले समाजमा रहेका बेथितिविरुद्ध आवाज उठाउँदै आएका थिए भन्ने समाचार आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको