कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या, परीक्षा उत्तीर्ण ५ हजार जान पाएनन्

काठमाडौं – कोरियाको कृषि क्षेत्रमा कामदार पठाउन समस्या भएको छ। मौसमअनुसार काम हुने र हिँउ पर्दा काम नहुनेलगायत कारण कृषिमा पास भएका अधिकांश युवा कामका लागि कोरिया जान पाएका छैनन्।

कोरियन भाषा पास भएका साढे ५ हजारभन्दा बढी युवा कोरिया जान पाएका छैनन्। कृषि क्षेत्रमा मौसमअनुसार माग आउने भएकाले भाषा पास भएका अधिकांश युवा रोकिएका हुन्। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाले म्यानुफ्याक्चरिङ र कृषि क्षेत्रमा सन् २००८ देखि कामदार लैजाँदै आएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ मा भाषा परीक्षामा पास भएका मध्ये दुई हजार कामदार जना पाएका छैनन्।

फेब्रुअरीसम्म जान नपाउने कामदार कोरिया जान चाहे पुनः भाषा परीक्षा पास गर्नुपर्छ।’ भाषा परीक्षा पास गरेको व्यक्ति कोरियन रोजगारीका लागि रोस्टरमा बस्नुपर्छ।

रोस्टरमा प्रवेश गरेको दुई वर्षभित्र कोरिया गइसक्नुपर्ने प्रावधान छ। तर, पास भएर रोस्टरमा रहेका कामदार पनि माग नआउँदा कोरिया जान नपाएका हुन्। ईपीएस शाखाका अनुसार सन् २००८ देखि हालसम्म ६५ हजार आठ सय ४५ जना कामदार कोरिया गइसकेका छन्। ७० हजार चार सय ६९ जना पास परीक्षा पास गरेका थिए। त्यसमध्ये ६९ हजार ९८ जनाले कोरियन रोजगारीका लागि जब एप्लिकेसन फारम भरेका थिए।

सन् २०१८ मा पास भएका मध्ये कृषि क्षेत्रकै तीन हजार कामदार बाँकी छन्। ती कामदार एक वर्षभित्र जाने ईपीएस शाखाले जनाएको छ। सन् २०१९ मा उत्तीर्ण भएकाको डाटा इन्ट्रीको काम सुरु भएको छ। सरकारले बर्सेनि नेपालबाट सात हजारदेखि आठ हजार कामदार कोरिया पठाउँदै आएको छ। कोरियाले १६ मुलुकबाट वार्षिक ५० हजारभन्दा बढी कामदार लैजान्छ। ‘अन्य देशको तुलनामा पास हुने र जाने नेपालीको संख्या बढी छ’,ईपीएस प्रमुख खनालले भने, ‘तर पास हुने, कोरिया जान चाहने आकांक्षी धेरै भएकाले पनि रोकिएको संख्या बढी देखिएको हो।’ अन्य देशको तुलनामा कोरियाले नेपाललाई उच्च प्राथमिकता दिएर कामदार लगिरहेको उनको भनाइ छ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको