टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ,रेशम चौधरी छिट्टै छुट्छन् : दाहाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी छिट्टै जेलबाट छुट्ने बताएका छन्  ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले चौधरी भूमीगत रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै आफूले भेटेको जानकारी दिए । चौधरी पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको समेत उनले बताए । उनले सभामुख, सरकार र पार्टीलाई भनेर रेशम चौधरीलाई सपथ गराई माननीयको दर्जा दिलाउन भूमिका खेलेको जिकिर गरे ।

उनले अहिले पनि सरकार र पार्टीसँग टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको बताए । चौधरीको मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उनले बताए । नेकपा अध्यक्ष दाहालले आफूले पहिचानको आन्दोलन नछाडेको दाबी समेत गरे । पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए ।

सिफारिस

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत चौथो दिन देशभरिबाट आएका प्रतिनिधिहरूलाई विशेष सामग्रीसहितको झोला वितरण गरिएको छ। महाधिवेशनको बन्दसत्र र सांगठनिक...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बू माथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अशोक राई नेतृत्वको ‘समाजवादी...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना...

भर्खरै

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक...

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

धेरै पढिएको