यस्तो छ आजको मौसम : कतै बर्षा कतै हिमपात

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

बिहीबार बिहान नेपालको पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशको मध्य तथा पश्चिमी भूभाग लगायत पुर्वी पहाडी भू्भागमा सामान्य बदली रही बाँकी भू्भागमा आंशिक बदली रहनेछ।

मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी तथा मध्य नेपालका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुनेछ ।

त्यस्तै आज राति देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुनेछ ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको