पावर बैंक किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुस्

लामो यात्रामा जाँदा मात्र होइन, हिजोआज अफिस जाँदा पनि पावर बैंक साथमा राख्नुपर्छ । किनकि धेरै फोन चलाउँदा जतिखेर पनि ब्याट्री सकिन सक्छ । एन्ड्रोइड फोनमा केही यस्ता एपहरु पनि हुन्छ जसलाई चलाउँदा ब्याट्री तत्कालै सकिन्छ । त्यसैले पावर बैंक जतिखेर पनि आवश्यक पर्छ । पावर बैंक किन्दा ब्याट्रीको क्षमता, साइज र रङ हेरेर मात्र नकिन्नुहोला त्यसबाहेक अन्य कुराहरुलाई पनि ध्यानमा राख्नुपर्छ ।

२.५ गुणा बढी क्षमताको पावर बैंक

पावर बैंक खरिद गर्दा आफ्नो स्मार्टफोनको ब्याट्रीभन्दा साढे २ गुणा बढी क्षमताको उपयुक्त हुन्छ । यसले फोन चाँडै चार्ज हुन्छ । यसले पावर बैंकको ब्याट्रीको आयु पनि बढ्छ र तपाईंले स्मार्टफोन एकभन्दा धेरै पटक चार्ज गरिरहन पनि सक्नुहुन्छ । त्यसैले पावर बैंक खरिद गर्दा तपाईंको स्मार्टफोनको ब्याट्री कति एमएएचको हो ख्याल गर्नुपर्छ ।

युएसबी चार्जिङ सिस्टम भएको

ब्याट्रीको क्षमतासँगै पावर बैंक खरिद गर्दा युएसबी चार्जिङ छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ । किनभने बजारमा उपलब्ध पुराना पावर बैंकहरु युएसबी केबलमार्फत मात्र काम गर्न सक्छन् । यस्तो हुँदा स्मार्ट फोन चार्ज गर्दा धेरै समस्या पर्न सक्छ । त्यसैले यस्ता केवलवाला पावर बैंकले काम नदिन सक्छ ।

धेरै डिभाइस भएको पावर बैंक

आजकल कामकाजी मान्छेहरुसँग एक भन्दा बढी स्मार्टफोन हुनु समान्य हो । उनीहरु चाहन्छन् कि चार्जिङको समस्याले आफ्नो फोन बन्द नहोस् । यसका लागि छुट्टै पावर बैंक किन्नुभन्दा धेरै डिभाइस भएको पावर बैंक किन्दा काम लिन सकिन्छ ।

आउटपुट भोल्टेज

पावर बैंक किन्दा यसको आउटपुट भोल्टेजबारे पनि विचार गर्नुपर्छ । तपाईंको पावर बैंकको भोल्टेज र स्मार्टफोनको भोल्टेज बराबर छैन भने फोन चार्ज हुँदैन । त्यसैले स्मार्टफोनको आउटपुट भोल्टेज बराबरको आउटपुट भोल्टेज भएको पावर बैंक खोज्नुपर्छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको