अबको प्रहरी महानिरीक्षक (आइजिपी) को ?

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बन्न दौडधुप सुरु भएको छ। यही माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन्। आइजिपी खनाल र तीन एआइजिपी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजिपी बनाउनुपर्ने अवस्था आएको छ।

यसअघि पनि सरकारले डिआइजीबाटै आइजिपी नियुक्त गरेको थियो। नेपाल प्रहरीमा अहिले तीन एआइजी छन्। अवकाश पाउन लागेका एआइजिपी खनालका ब्याची हुन्। आइजिपी र तीन एआइजीसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले पनि सेवाबाट अवकाश पाउँदै छन्। खनाल, कार्की, राई र बस्नेत २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। ९०औं ब्याचमा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन्। प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डिआइजी तारणी लम्साल आइजिपीका दाबेदार देखिएका छन्।

आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।
९०औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा ज्ञवाली, लम्साल र सूर्यप्रसाद उपाध्याय सेवामा प्रवेश गरेका थिए। ज्ञवाली र लम्सालभन्दा बढुवामा पछाडि रहेका कारण उपाध्याय भने आइजिपीको प्रतिस्पर्धामा छैनन्। बढुवा वरीयतामा उपाध्याय पछिल्लो ९१औंको ब्याचीका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि छन्। नयाँ आइजिपीको दाबेदारमा ज्ञवाली, लम्सालसँगै थापा, पाल, शाही र कार्की पनि छन्। यी सबै डिआइजी हुन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको