अबको प्रहरी महानिरीक्षक (आइजिपी) को ?

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बन्न दौडधुप सुरु भएको छ। यही माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन्। आइजिपी खनाल र तीन एआइजिपी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजिपी बनाउनुपर्ने अवस्था आएको छ।

यसअघि पनि सरकारले डिआइजीबाटै आइजिपी नियुक्त गरेको थियो। नेपाल प्रहरीमा अहिले तीन एआइजी छन्। अवकाश पाउन लागेका एआइजिपी खनालका ब्याची हुन्। आइजिपी र तीन एआइजीसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले पनि सेवाबाट अवकाश पाउँदै छन्। खनाल, कार्की, राई र बस्नेत २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। ९०औं ब्याचमा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन्। प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डिआइजी तारणी लम्साल आइजिपीका दाबेदार देखिएका छन्।

आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।
९०औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा ज्ञवाली, लम्साल र सूर्यप्रसाद उपाध्याय सेवामा प्रवेश गरेका थिए। ज्ञवाली र लम्सालभन्दा बढुवामा पछाडि रहेका कारण उपाध्याय भने आइजिपीको प्रतिस्पर्धामा छैनन्। बढुवा वरीयतामा उपाध्याय पछिल्लो ९१औंको ब्याचीका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीभन्दा पछि छन्। नयाँ आइजिपीको दाबेदारमा ज्ञवाली, लम्सालसँगै थापा, पाल, शाही र कार्की पनि छन्। यी सबै डिआइजी हुन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको