प्रकाश बुढाथोकी
टोल -टोल घर-घर दाजुभाइ
फुटायौ बिभिन्न बहानामा
आफ्नै खुशी ईच्छा र चाहनामा
कसैको खुशीमा रमाउन नजान्ने म
धनी म मात्रै जान्ने सुन्ने र बुझ्ने
बिहान बेलुका निहुरिदै ढोग्नुपर्छ
अर्हयाएको नॉईनास्ती नगरी मान्नुपर्छ
जे भन्छु तथास्तु भन्नुपर्छ
सोच ब्यबहार निच राख्नु
सबैलाई लाटा लंगड़ा,बैरा
काना देख्नु यो त
तिमीहरुको दिनचर्या नै हो~~~~!!
कसैसंग भेट्नै नहुने
कसैसंग बोल्नै नहुने
संगै बसेको,हिडेको,भेटेमा
श्री ३ बहादुर काजीहरुले
लोभी,पापी,स्वार्थीहरुले
सामाजिक बहिष्कार गर्नेछन
स्पष्टीकरण सोध्नेछन
बिभिन्न नामका पगरी गुथाउन पछि पर्दैनन
किनकि यो त उनीहरुको दिनचर्या नै हो~~~~!!
चिया पसल चौतारीहरुलॉई
संसद भवन जस्तै ठान्नु
मार्क्स, लेनिन र माओको समाजवाद र बिपीको डम्फु बजाउदै
भजन गॉउदै असली अनुयायी ठान्नु
दुई भेटे तेस्रोको कुरा गर्ने
उचाल्ने पछार्ने थेचार्ने
चाहिने पनि गर्ने
नचाहिने पनि गर्ने
खै के के गर्ने गर्ने बुझिनसक्नु
यो त तिमीहरुको धर्म नै हो
यो त तिमीहरुको दिनचर्या नै हो~~~~!!!!