देउवाले ‘म त बर्बाद भइसकेँ यार’ भन्दै ओलीसँग गुनासो पोखेपछि ‍‍…

नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षले प्रतिपक्षलाई यति ठूलो ‘सरप्राइज’ शायदै दिएको थियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिएका छन्।

अर्थात्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झण्डै आधा आधा भागबण्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका कांग्रेस नेताहरु आ आफ्ना मान्छेको नाम सिफारिश गराउन सकेकोमा पूरै सन्तुष्ट भएर फर्किएका छन्।

यो मामिला मात्र होइन, शनिबार प्रधानमन्त्रीले जे अभिव्यक्ति दिए, त्यसले आगामी अवसरका सन्दर्भमा पनि राम्रो सम्भावनाको संकेट गरेको बुझिन्छ।

त्यहाँ ओलीले भनेका थिए, ‘सबैतिर अलपत्र छ। सब कुरा मैले सहमतिका लागि रोकेर राखेको छु। विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टरहरु खाली छन्। म हामी मात्रै लिऊँ भन्दिन, मिलेरै जाऔँ भन्नेमा छु।’

देउवाको दुखेसो थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार !’

प्रमले के भयो? भनी सोध्न खोज्दाखोज्दै शेरबहादुरले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन्। पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन्। पार्टी नै छैनजस्तो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ। म चाहीँ खुरुखुरु भनेको मानेर सघाइरहेको छु। तपाईंहरु चाहीँ मलाई पेल्नुहुन्छ।’

देउवाले ‘म त वर्बाद भइसकेँ यार…’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रम ओलीले उदारता देखाएका खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

त्यसपछि देउवाले प्रस्ताव गरेको सुदूरपश्चिम भेगका गणेश दत्त भट्टको नाम सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुखमा पारित भयो।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको