आईजीपी खनाल अझै १ वर्ष पदमा रहन हुँदैछ यस्तो खेल

प्रहरी नेतृत्व हेरफेरको दिन जति जति नजिकिँदै छ, उति उति नयाँ ऐन ल्याउने गरी दौडधूप पनि बाक्लिएको छ। अहिले बहाल रहेकै ब्याच (९० टोली)का एआईजी र डीआईजी नयाँ आईजीपी हुने गरी काम अघि बढ्दै छ।

विद्यमान व्यवस्थाअनुसार सेवा प्रवेश गरेको ३० वर्षलाई अनिवार्य अवकाशको आधार मानिन्छ। तर नयाँ ऐनमा पदावधि र उमेरमध्ये जुन पहिला आउँछ, त्यस आधारमा अवकाश हुने गरी मिलाइएको छ। उमेरहद ५८ वर्ष कायम गरिएको छ। यसअघि गृहमन्त्रालयले तयार पारेको प्रहरी ऐन २०७५ को मस्यौदामा नयाँ प्रहरी ऐन लागू भएको मितिदेखि प्रहरी सेवामा भर्ना हुने कर्मचारीका हकमा ३० वर्षे सेवाहद नलाग्ने उल्लेख थियो।

तर त्यस्तो नीति व्यावहारिक नहुने भन्दै असन्तुष्टि जनाएपछि अहिले नयाँ ऐन अघि बढाइएको हो। मन्त्रिपरिषदको विधेयक समितिले नयाँ ऐन स्वीकृत गरेलगत्तै संसदमा दर्ता हुने र पारित हुने प्रक्रियामा लगिने काम हुन्छ।

तर प्रहरीमा माघ २७ गते रिक्त हुने ३० भन्दा बढी उच्चअधिकारीका हकमा के गर्ने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन। यदि यही ऐन लागू भयो र बहालवाला नेतृत्वले २७ गते अवकाश पाएन भने एआईजी पुष्कर कार्की एक वर्षका लागि आईजीपी हुन्छन् भने सर्वेन्द्र खनालले अझै १ वर्ष चलाउने मौका पाउँछन् भनेर आज माघ ८ को जनआस्था साप्ताहिकले खबर लेखेको छ।

पुष्करले एक वर्ष चलाएपछि फेरि त्यही ब्याचबाट केदार रिजाल केही समयलाई आईजीपी हुन्छन्।

सिफारिस

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई...

भर्खरै

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

धेरै पढिएको