डिआइजीको कडा निर्देशन : नागरिकलाई परेको पिर मर्का आफुलाई नै परेको सम्झी काम गर्नु

काठमाण्डौ – महानगरीय प्रहरी मातहतका कार्यालयहरू आउने सेवाग्राहीहरूको सहजीकरणको लागी बुधवार देखिनै नागरिक सहजकर्ता सेवाको सुरूवात गरीएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निश्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यका स्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याज लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवा दिने गरि बस्ने व्यबस्था सुरू गरिएको छ ।

विभिन्न प्रहरी कार्यालयहरूबाट उक्त कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिदै भने हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायको लागी आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज,सरल,समान,पारदर्शी, निश्पक्ष र छिटो छरितो हुनु पर्छ । कार्यलयमा आएका सेवाग्राहीहरूले न्यायको लागि म संग राज्य, सरकार, प्रहरी संगठन छ भन्ने अनुभुत गर्ने गरि बोली बचन र सहयोगी भावना सहितको सेवा दिन निर्देशन दिए ।

नागरिकलाई परेको पिर मर्का आफुलाई नै परेको सरह सम्झी विभिन्न समुदाय, वर्ग, क्षेत्र, जातजाती जहाबाट आएको भएपनि उनिहरूको मानमर्यादा प्रतिष्ठा, समाजिक र पारिवारीक अवस्थालाई ख्याल नगरिकन सबैलाई उच्च सम्मान र मर्यदाका साथ जो जुन काममा आउनु भएको हो । उहाहरूलाई नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखा समक्ष पुर्‍याउन सहयोग गर्ने उनले बताए ।

सेवा प्रवाहमा उच्चताका साथ काम गर्न निर्देशन दिदै कोही कसैबाट कमजोरी भएमा वा सेवा प्राप्तीका लागि आउने नागरिकहरू असन्तुष्ट भएमा सम्बन्धित कर्मचारी जिम्मरवार हुने बताए ।
नागरिक सहजकर्ताको सेवा आजैबाट पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर ,अपराध महाशाखा र परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको छ ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको