यस्तो छ आगामी तीन दिनको मौसम , उपत्यकाको तापक्रम कति ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नभएको भन्दै मौसम सफा रहने जनाएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा हल्काफुल्का हुस्सु लागेको छ । तराई भेगमा पनि हुस्सु र कुहिरो छ ।

पहाडी भेगमा बिहानमै र तराईमा दिउँसो मात्र हुस्सु र कुहिरो हटेर जानेछ । चिसो रहिरहने छ ।

उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । ६ः४५ बजे पनि तापक्रम २ डिग्री नै रहेको थियो । उपत्यकामा तुसारो पनि परिरहेको छ । यसले नै चिसो बढाएको छ ।

वर्षा भने ७२ घण्टासम्म हुनेछैन । बुधबार जुम्लामा मात्र वर्षा भएको थियो । त्यहाँ ०.२ मिलिमिटर वर्षा भएको थियो ।

हिमाली तथा उच्च पहाडी भेगमा पनि अत्यन्त चिसो छ । हिमपात भने हुने सम्भावना नभएको मौसमविद् बासीले जनाइन् ।

शुक्रबार र शनिबार भने आंशिक बदली हुनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ९ गते (बिहिबार)

दिउँसो : देशको पुर्वी पहाडी  भूभागमा आंशिक  बदली रही मध्य र पश्चिमी  पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः  देशको पुर्वी पहाडी  भूभागमा आंशिक  रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

 माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः  देशको पुर्वी पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

 माघ ११  गते (शनिबार)

दिउँसो : देशको  पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

रातीः  देशको  पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको