यस्तो छ आगामी तीन दिनको मौसम , उपत्यकाको तापक्रम कति ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नभएको भन्दै मौसम सफा रहने जनाएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा हल्काफुल्का हुस्सु लागेको छ । तराई भेगमा पनि हुस्सु र कुहिरो छ ।

पहाडी भेगमा बिहानमै र तराईमा दिउँसो मात्र हुस्सु र कुहिरो हटेर जानेछ । चिसो रहिरहने छ ।

उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । ६ः४५ बजे पनि तापक्रम २ डिग्री नै रहेको थियो । उपत्यकामा तुसारो पनि परिरहेको छ । यसले नै चिसो बढाएको छ ।

वर्षा भने ७२ घण्टासम्म हुनेछैन । बुधबार जुम्लामा मात्र वर्षा भएको थियो । त्यहाँ ०.२ मिलिमिटर वर्षा भएको थियो ।

हिमाली तथा उच्च पहाडी भेगमा पनि अत्यन्त चिसो छ । हिमपात भने हुने सम्भावना नभएको मौसमविद् बासीले जनाइन् ।

शुक्रबार र शनिबार भने आंशिक बदली हुनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ९ गते (बिहिबार)

दिउँसो : देशको पुर्वी पहाडी  भूभागमा आंशिक  बदली रही मध्य र पश्चिमी  पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।देशका तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः  देशको पुर्वी पहाडी  भूभागमा आंशिक  रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

 माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः  देशको पुर्वी पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

 माघ ११  गते (शनिबार)

दिउँसो : देशको  पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

रातीः  देशको  पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकि स्थानमा आंशिक बादली रहनेछ ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको