२७ जना ट्राफिक जवान हवल्दारमा बढुवा, जनताको मन जित्ने गरि काम गर्न प्रमुखको निर्देशन

काठमाडौँ – प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका २७ जना प्रहरी हवल्दारहरुलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

उक्त अवसरमा एसएसपी ढकालले पदोन्नती भएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी सबैको भरोसाको केन्द्र भएकोले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पूरा गर्न निर्देशन दिए ।

कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे । उनले भने ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप  उर्जाका साथ तयार र एकजुट हुनुस्, जनताको मन जित्ने काम गर्नुहोस् ।’

सोहि अवसरमा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षता लगाएत पेशागत जिम्मेवारी निर्वाहमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको चर्चा गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल र फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपत उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहन निर्देशन दिए ।

सिफारिस

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

धेरै पढिएको