पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ। देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ।
केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढेको छ ।

वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।चन्द्रागिरी डाँडामा हिउँ परेपछि बालबालिकादेखि युवायुवतीहरू हिउँको मज्जा लिन चन्द्रागिरी पुगेका छन् ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

