छिटो छरितो सेवा प्रदान गर्न उपत्यकाका प्रहरी कार्यालयमा अब नागरिक सहजकर्ता

काठमाडौं – महानगरीय प्रहरी मातहतका कार्यालयहरुमा आउने सेवाग्राहीहरूको सहजीकरणको लागि बुधबारदेखि नागरिक सहजकर्ता सेवा सुरुवात गरेको छ  ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उक्त सेवा सुरुवात भएको जानकारी गराउँदै प्रहरी कार्यालयमा न्यायको लागि आउने सेवाग्राहीलाई दिने प्रहरी सेवा सहज, सरल, समान, पारदर्शी, निषक्ष र छिटो छरितो हुनुपर्ने उल्लेख गरे ।  नगरिकलाई परेको पिर मर्का आफूलाई नै परेको सरह सम्झी सबैलाई उच्च सम्मान र मर्यादाका साथ नागरिक सहजकर्ताले  सम्बन्धित  कर्मचारी र शाखा समक्ष पुर्‍याउन सहयोग गर्नुपर्ने उनले बताए ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निषक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याच लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवादिने उद्देश्यले उक्त सेवा सुरुवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

नागरिक सहजकर्ताको सेवा बुधबारबाटै पहिलो चरणमा ३ वटै  महानगरीय प्रहरी परिसरहरू, महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय अपराध महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसरहरु, महानगरीय प्रहरी परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

 

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको