छिटो छरितो सेवा प्रदान गर्न उपत्यकाका प्रहरी कार्यालयमा अब नागरिक सहजकर्ता

काठमाडौं – महानगरीय प्रहरी मातहतका कार्यालयहरुमा आउने सेवाग्राहीहरूको सहजीकरणको लागि बुधबारदेखि नागरिक सहजकर्ता सेवा सुरुवात गरेको छ  ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उक्त सेवा सुरुवात भएको जानकारी गराउँदै प्रहरी कार्यालयमा न्यायको लागि आउने सेवाग्राहीलाई दिने प्रहरी सेवा सहज, सरल, समान, पारदर्शी, निषक्ष र छिटो छरितो हुनुपर्ने उल्लेख गरे ।  नगरिकलाई परेको पिर मर्का आफूलाई नै परेको सरह सम्झी सबैलाई उच्च सम्मान र मर्यादाका साथ नागरिक सहजकर्ताले  सम्बन्धित  कर्मचारी र शाखा समक्ष पुर्‍याउन सहयोग गर्नुपर्ने उनले बताए ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निषक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याच लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवादिने उद्देश्यले उक्त सेवा सुरुवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

नागरिक सहजकर्ताको सेवा बुधबारबाटै पहिलो चरणमा ३ वटै  महानगरीय प्रहरी परिसरहरू, महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय अपराध महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसरहरु, महानगरीय प्रहरी परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

 

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको