नेपालमा पनि भेटियो कोरोना भाइरस, कसरी जोगिने ?

काठमाडौं – चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । केही दिनअघि चीनको वुहानबाट फर्किएका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट फर्किएपछि बिरामी भइ शुक्रराज सरुवा रोग अस्पताल टेकु पुगेका उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यो पशुबाट मानिष सर्ने भाइरस भएकोले जिवीत पशुसंग घुलमिल नहुन शुक्रराज सरुवा रोग अस्पताल टेकुका केमिकल रिसर्च युनिटका संयोजक सेर बहादुर पुनले बताए  ।

लक्षण

ज्वरो आउने ।
रुघाखोकी लाग्ने ।
घाँटी दुख्ने आदि श्वासप्रश्वासमा समस्या आएर जटिल समस्या आउने हुन्छ ।

कसरी जोगिने ?

यो भाइरस जनावरबाट सर्ने हुँदा जनवारको नजिक नजाने, मासु वा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र खाने, रुघाखोकी लागेका बिरामीबाट टाढा बस्ने, गर्भवती, बालबालिका र वृद्धवृद्धामा जोखिम उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । भिड भएको स्थानमा जाँदा मास्क लगाएर जाने, साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खानेलगायतका कुरामा विशेष् ध्यान दिनुपर्छ ।

यसैबिच चीनमा माहामारीको रुप लिइरहेको कोरोना भाइरसको सङ्क्रमणबारे सावधानी अपनाउन बेइजिङस्थीत नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हबुेई प्रान्तको राजधानी सहर वुहानमा रहेका नेपालीलाई आग्रह गरेको हो। भाइरसका कारण अहिलेसम्म चिनमा २५ जनाको ज्यान गइसकेको छ। संक्रमण फैलिने चिन्ता बढ्दै गएपछि त्यहाँका नगरहरूमा यात्रा प्रतिबन्ध लगाइएको छ।

 

सिफारिस

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई...

भर्खरै

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

धेरै पढिएको