नेपालमा पनि भेटियो कोरोना भाइरस, कसरी जोगिने ?

काठमाडौं – चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । केही दिनअघि चीनको वुहानबाट फर्किएका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट फर्किएपछि बिरामी भइ शुक्रराज सरुवा रोग अस्पताल टेकु पुगेका उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यो पशुबाट मानिष सर्ने भाइरस भएकोले जिवीत पशुसंग घुलमिल नहुन शुक्रराज सरुवा रोग अस्पताल टेकुका केमिकल रिसर्च युनिटका संयोजक सेर बहादुर पुनले बताए  ।

लक्षण

ज्वरो आउने ।
रुघाखोकी लाग्ने ।
घाँटी दुख्ने आदि श्वासप्रश्वासमा समस्या आएर जटिल समस्या आउने हुन्छ ।

कसरी जोगिने ?

यो भाइरस जनावरबाट सर्ने हुँदा जनवारको नजिक नजाने, मासु वा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र खाने, रुघाखोकी लागेका बिरामीबाट टाढा बस्ने, गर्भवती, बालबालिका र वृद्धवृद्धामा जोखिम उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । भिड भएको स्थानमा जाँदा मास्क लगाएर जाने, साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खानेलगायतका कुरामा विशेष् ध्यान दिनुपर्छ ।

यसैबिच चीनमा माहामारीको रुप लिइरहेको कोरोना भाइरसको सङ्क्रमणबारे सावधानी अपनाउन बेइजिङस्थीत नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हबुेई प्रान्तको राजधानी सहर वुहानमा रहेका नेपालीलाई आग्रह गरेको हो। भाइरसका कारण अहिलेसम्म चिनमा २५ जनाको ज्यान गइसकेको छ। संक्रमण फैलिने चिन्ता बढ्दै गएपछि त्यहाँका नगरहरूमा यात्रा प्रतिबन्ध लगाइएको छ।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको