हुम्लामा मौसमी रुघाखोकीले ५ जनाको मृत्यु, गाउँभरि बिरामी

हुम्लामा हिमपातका कारण चिसो बढ्दा ग्रामीण क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीले बिरामी हुने क्रम बढेको छ। मौसमी रुघाखोकीले गत पुस २७ देखि शुक्रबारसम्म चंखेली र सर्केगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।

सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेराको मौसमी रुघाखोकीले मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले जानकारी दिए। चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले बताइन्।

शाहीका अनुसार चिसोका कारण मौसमी रुघाखोकीले दम तथा अन्य दीर्घ रोग भएकाहरु बिरामीहरु बढी संक्रमित भएका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

मासिधारामा मृत्यु हुने सबैमा दम र अन्य दीर्घ रोगका बिरामी रहेको शाहीले बताइन्। मौसमी रुघाखोकी लागेका बिरामीहरुलाई रुघाखोकी, ज्वरो आउने र बेहोस भएर मृत्यु हुने लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन्। उनापानी गाउँमा गाउँपालिकाबाट दिएको औषधिसमेत सकिएको छ। गाउँभरि नै बिरामी थला परेका छन्।

समयमा यसको उपचार गर्न नसके यसले झन् ठूलो रुप लिने भएकाले समयमै उपचारमा सहयोग यससंग सरोकार राख्ने गाउापालिका सहित सरोकारवाला सम्पूर्ण निकायको समयमा ध्यान जानु पर्ने स्थानीयले आग्रह गरेका छन्।

‘बिरामी बढ्दैछन् उपचारका लागि स्वास्थ्य संस्थामा न औषधि छ न त स्वास्थ्यकर्मी नै। औषधि खरिदका लागि रकम बिनियोजित गरिन्छ तर औषधि आउदैन। समयमा औषधि ल्याएको भए यो समस्या आउदैन थियो,’ सर्केगाड–२ का गुरु कार्कीले भने।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको