हुम्लामा मौसमी रुघाखोकीले ५ जनाको मृत्यु, गाउँभरि बिरामी

हुम्लामा हिमपातका कारण चिसो बढ्दा ग्रामीण क्षेत्रमा फैलिएको मौसमी रुघाखोकीले बिरामी हुने क्रम बढेको छ। मौसमी रुघाखोकीले गत पुस २७ देखि शुक्रबारसम्म चंखेली र सर्केगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।

सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेराको मौसमी रुघाखोकीले मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले जानकारी दिए। चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष विमला शाहीले बताइन्।

शाहीका अनुसार चिसोका कारण मौसमी रुघाखोकीले दम तथा अन्य दीर्घ रोग भएकाहरु बिरामीहरु बढी संक्रमित भएका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

मासिधारामा मृत्यु हुने सबैमा दम र अन्य दीर्घ रोगका बिरामी रहेको शाहीले बताइन्। मौसमी रुघाखोकी लागेका बिरामीहरुलाई रुघाखोकी, ज्वरो आउने र बेहोस भएर मृत्यु हुने लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन्। उनापानी गाउँमा गाउँपालिकाबाट दिएको औषधिसमेत सकिएको छ। गाउँभरि नै बिरामी थला परेका छन्।

समयमा यसको उपचार गर्न नसके यसले झन् ठूलो रुप लिने भएकाले समयमै उपचारमा सहयोग यससंग सरोकार राख्ने गाउापालिका सहित सरोकारवाला सम्पूर्ण निकायको समयमा ध्यान जानु पर्ने स्थानीयले आग्रह गरेका छन्।

‘बिरामी बढ्दैछन् उपचारका लागि स्वास्थ्य संस्थामा न औषधि छ न त स्वास्थ्यकर्मी नै। औषधि खरिदका लागि रकम बिनियोजित गरिन्छ तर औषधि आउदैन। समयमा औषधि ल्याएको भए यो समस्या आउदैन थियो,’ सर्केगाड–२ का गुरु कार्कीले भने।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको