डाक्टर कर्माचार्य भन्छन् : यस कारण हुन्छ मानसिक समस्या

-डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ  

मानसिक समस्या के हो ?

मस्तिष्कबाट उत्पन्न हुने भावनात्मक बेचैन एबम् मानसिक स्थितीमा आएको गडबवडी लाई मानसिक समस्या भनिन्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसङ्ख्याको २५% मानिसहरुमा यो रोग देखा पर्दछ । यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी, गरिब कोही भन्दैन, जसलाई पनि यो समस्या हुन सक्छ ।मनोरोग तीनसय भन्दा बढी प्रकारको पाइएको छ ।

विश्व स्वाथ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मानसिक रोगी हुने गर्छन् । प्रत्येक वर्ष ८० लाख मानिसले आत्महत्या गर्ने पनि स्वाथ्य संगठनको तथ्यले देखाउँछ ।

नेपालमा ५० देखि ६० लाख भन्दा बढी मानिसमा कुनै न कुनै रूपमा मानसिक स्वास्थ्यबाट पीडित छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५,१२५ जना मानसिक चिन्ता र तनावले गर्दा नै आत्महत्या गरेका छन् । 

मानसिक रोगका लक्ष्यणहरु:

मनसिक रोगका लक्ष्यणहरु संक्षेपमा भन्नु पर्दा  देहायबमोजिमा उल्लेख गर्न सकिन्छ ।

  • निन्द्रा राम्ररी नलाग्नु
  • डर लागे जस्तो हुनु वा त्रास, डर, भय: अत्यधिक लाग्नु,
  • मुटु ढुकढुक गर्नु
  • धेरै सपना देख्नु
  • नराम्रा सपना देख्नु
  • मनमा नचाहिने कुरा खेल्नु
  • टाउको दुख्नु
  • रिङ्गटा लाग्नु
  • उदासीपना लगभग सधैं भइरहनु
  • खुशी महसुस गर्न असमर्थ हुनु
  • इच्छाहरू मरेर जानु
  • नकारात्मक र निराशावादी विचार आउनु
  • ध्यान केन्द्रित गर्न गाह्रो हुनु
  • विर्सने बानी भएको महसुस हुनु
  • मर्न मन लाग्नु

शारीरिक लक्षणहरू : 

मानसिक रोगको कारणहरु केही शारीरिक समस्या पनि देखिन्छन जुन यस प्रकार छन ।

  • मुटु काप्ने, श्वास फेर्न गार्हो भएको अनुभव हुने,
  • जिउ या हात् खुट्टा काप्ने,
  • चिटचिट पसिना आउने,
  • शरीरमा तनाव भएको महसुस हुनु आदि

मानसिक रोगको कारणहरु  

मानसिक रोगको कारणहरु अनगिन्ती छन । यि कारणहरुलाई जैबिक, आर्थिक, सामाजिक, बाताबरणिय भनेर पनि बर्गिकरण गर्न सकिन्छ । समग्रमा मानसिक रोगको कारण यसप्रकार छन ।

  • महिला दिदीबहिनीहरू विभिन्न हर्मोनको गडबडी,
  • रजस्वला, गर्भवतीको समयमा,
  • सुत्केरी र त्यसको पीडा सहन नसक्दा
  • आर्थिक कमजोरी,
  • सामाजिक प्रतिष्ठामा ह्रास,
  • पारिवारिक झैझगडा, कलह, कोलाहल,
  • काममा असफलता,
  • प्रेममा धोका,
  • दीर्घरोग,
  • सम्बन्ध विच्छेद,
  • आफन्त र साथीभाइले धोका दिदा,
  • अति पि्रय व्यक्तिको मृत्यु हुँदा,
  • लागु पदार्थको दुव्र्यसन,
  • विभिन्न औषधीको साइड इफेक्ट,
  • अनियमित दिनचर्या एवं आहारविहारमा तालमेल नहुँदा आदि

कसरी समाधान गर्न सकिन्छ ?        

मानसिक समस्या गम्भिर गडबडी  भएकाले बेलैमा उपचार वा समाधान गर्नु पर्छ । सकारात्मक भावले मनमष्तिकलाई धुनु पर्छ । यस्तो समस्या लुकाउनुभन्दा विश्वासिलो मान्छेलाई भन्नुपर्छ । ब्यक्तिगत कुरामा ध्यान दिँदा  पनि राम्रो हुन सक्छ जस्तै:

  • समयले भ्याएसम्म योग, ध्यान, व्यायाम र सत्संग गर्नुपर्छ,
  • सकेसम्म कुरा नखेलाउने,
  • एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउने कोसिस गर्ने,
  • आहार विहार प्राकृतिक तथा सात्विक बनाउने,
  • विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने, औषधीबाट हुने
  • नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ,
  • सकारात्मक र्ऊजा दिन सफलता, खुशी, शान्तिजस्ता कुराको कल्पना गर्नुपर्छ,
  • आफन्त, घरपरिवार र साथीभाइलाई सम्मान, प्रोत्साहन गर्ने बानी बसाल्नुपर्छ ,
  • प्राकृतिक एवं आध्यामिक जीवनलाई सन्तुलित बनाउन ध्यान, योग, गीतसंगीतमा मग्न हुने
  • जीवनमा कुनै कुराप्रति वितृष्णा छ भनेे त्यसबाट टाढा रहने वा त्याग गर्ने,
  • पछुताउनुभन्दा त्यसलाई सुधार गर्न सक्ने उपायहरू खोजी गर्नु बुद्धिमानी हुन्छ,
  • जे हुन्छ, भलाइका लागि हुन्छ भन्ने सकारात्मक भाव जगाउनुपर्छ ।

के उपचार गर्नै पर्छ त ?

यदि माथी भनेको तरीकाले मानसिक समस्या निको भयो भने उपचार गर्नु पर्दैन। त,  नियन्त्रण भएन भने जती सक्दो छिटो चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

नियमित मानसिक समस्या देखिरहेको अवस्था छ भने समयमै उपचार गर्दा राम्रो हुन्छ ।

यदी बिशेषज्ञबाट उपचार गराउने हो भने मानसिक समस्या निको बनाउन सकिन्छ, फेरी नदोहरीने गरी निको बनाउन सकिन्छ।

(डा. कर्मचार्य नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ हुनुहुन्छ। उहांले बिगत १० बर्ष देखी ब्लु लोटस हस्पीटलमा  मानसिक समस्याको बिशेष उपचार गर्दै आईरहनु भएको छ।)

 

 

 

 

सिफारिस

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् । पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

धेरै पढिएको