डाक्टर कर्माचार्य भन्छन् : यस कारण हुन्छ मानसिक समस्या

-डा.  सुरज कर्माचार्य, नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ  

मानसिक समस्या के हो ?

मस्तिष्कबाट उत्पन्न हुने भावनात्मक बेचैन एबम् मानसिक स्थितीमा आएको गडबवडी लाई मानसिक समस्या भनिन्छ । मानसिक रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि सबैमा परिवर्तन आउन थाल्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसङ्ख्याको २५% मानिसहरुमा यो रोग देखा पर्दछ । यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी, गरिब कोही भन्दैन, जसलाई पनि यो समस्या हुन सक्छ ।मनोरोग तीनसय भन्दा बढी प्रकारको पाइएको छ ।

विश्व स्वाथ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मानसिक रोगी हुने गर्छन् । प्रत्येक वर्ष ८० लाख मानिसले आत्महत्या गर्ने पनि स्वाथ्य संगठनको तथ्यले देखाउँछ ।

नेपालमा ५० देखि ६० लाख भन्दा बढी मानिसमा कुनै न कुनै रूपमा मानसिक स्वास्थ्यबाट पीडित छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा ५,१२५ जना मानसिक चिन्ता र तनावले गर्दा नै आत्महत्या गरेका छन् । 

मानसिक रोगका लक्ष्यणहरु:

मनसिक रोगका लक्ष्यणहरु संक्षेपमा भन्नु पर्दा  देहायबमोजिमा उल्लेख गर्न सकिन्छ ।

  • निन्द्रा राम्ररी नलाग्नु
  • डर लागे जस्तो हुनु वा त्रास, डर, भय: अत्यधिक लाग्नु,
  • मुटु ढुकढुक गर्नु
  • धेरै सपना देख्नु
  • नराम्रा सपना देख्नु
  • मनमा नचाहिने कुरा खेल्नु
  • टाउको दुख्नु
  • रिङ्गटा लाग्नु
  • उदासीपना लगभग सधैं भइरहनु
  • खुशी महसुस गर्न असमर्थ हुनु
  • इच्छाहरू मरेर जानु
  • नकारात्मक र निराशावादी विचार आउनु
  • ध्यान केन्द्रित गर्न गाह्रो हुनु
  • विर्सने बानी भएको महसुस हुनु
  • मर्न मन लाग्नु

शारीरिक लक्षणहरू : 

मानसिक रोगको कारणहरु केही शारीरिक समस्या पनि देखिन्छन जुन यस प्रकार छन ।

  • मुटु काप्ने, श्वास फेर्न गार्हो भएको अनुभव हुने,
  • जिउ या हात् खुट्टा काप्ने,
  • चिटचिट पसिना आउने,
  • शरीरमा तनाव भएको महसुस हुनु आदि

मानसिक रोगको कारणहरु  

मानसिक रोगको कारणहरु अनगिन्ती छन । यि कारणहरुलाई जैबिक, आर्थिक, सामाजिक, बाताबरणिय भनेर पनि बर्गिकरण गर्न सकिन्छ । समग्रमा मानसिक रोगको कारण यसप्रकार छन ।

  • महिला दिदीबहिनीहरू विभिन्न हर्मोनको गडबडी,
  • रजस्वला, गर्भवतीको समयमा,
  • सुत्केरी र त्यसको पीडा सहन नसक्दा
  • आर्थिक कमजोरी,
  • सामाजिक प्रतिष्ठामा ह्रास,
  • पारिवारिक झैझगडा, कलह, कोलाहल,
  • काममा असफलता,
  • प्रेममा धोका,
  • दीर्घरोग,
  • सम्बन्ध विच्छेद,
  • आफन्त र साथीभाइले धोका दिदा,
  • अति पि्रय व्यक्तिको मृत्यु हुँदा,
  • लागु पदार्थको दुव्र्यसन,
  • विभिन्न औषधीको साइड इफेक्ट,
  • अनियमित दिनचर्या एवं आहारविहारमा तालमेल नहुँदा आदि

कसरी समाधान गर्न सकिन्छ ?        

मानसिक समस्या गम्भिर गडबडी  भएकाले बेलैमा उपचार वा समाधान गर्नु पर्छ । सकारात्मक भावले मनमष्तिकलाई धुनु पर्छ । यस्तो समस्या लुकाउनुभन्दा विश्वासिलो मान्छेलाई भन्नुपर्छ । ब्यक्तिगत कुरामा ध्यान दिँदा  पनि राम्रो हुन सक्छ जस्तै:

  • समयले भ्याएसम्म योग, ध्यान, व्यायाम र सत्संग गर्नुपर्छ,
  • सकेसम्म कुरा नखेलाउने,
  • एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउने कोसिस गर्ने,
  • आहार विहार प्राकृतिक तथा सात्विक बनाउने,
  • विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने, औषधीबाट हुने
  • नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ,
  • सकारात्मक र्ऊजा दिन सफलता, खुशी, शान्तिजस्ता कुराको कल्पना गर्नुपर्छ,
  • आफन्त, घरपरिवार र साथीभाइलाई सम्मान, प्रोत्साहन गर्ने बानी बसाल्नुपर्छ ,
  • प्राकृतिक एवं आध्यामिक जीवनलाई सन्तुलित बनाउन ध्यान, योग, गीतसंगीतमा मग्न हुने
  • जीवनमा कुनै कुराप्रति वितृष्णा छ भनेे त्यसबाट टाढा रहने वा त्याग गर्ने,
  • पछुताउनुभन्दा त्यसलाई सुधार गर्न सक्ने उपायहरू खोजी गर्नु बुद्धिमानी हुन्छ,
  • जे हुन्छ, भलाइका लागि हुन्छ भन्ने सकारात्मक भाव जगाउनुपर्छ ।

के उपचार गर्नै पर्छ त ?

यदि माथी भनेको तरीकाले मानसिक समस्या निको भयो भने उपचार गर्नु पर्दैन। त,  नियन्त्रण भएन भने जती सक्दो छिटो चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

नियमित मानसिक समस्या देखिरहेको अवस्था छ भने समयमै उपचार गर्दा राम्रो हुन्छ ।

यदी बिशेषज्ञबाट उपचार गराउने हो भने मानसिक समस्या निको बनाउन सकिन्छ, फेरी नदोहरीने गरी निको बनाउन सकिन्छ।

(डा. कर्मचार्य नेपालकै प्रथम अकुपन्चर बिशेषज्ञ हुनुहुन्छ। उहांले बिगत १० बर्ष देखी ब्लु लोटस हस्पीटलमा  मानसिक समस्याको बिशेष उपचार गर्दै आईरहनु भएको छ।)

 

 

 

 

सिफारिस

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई पुनः अनुबन्ध गरेको छ। रांजणेले एनपीएलको दोस्रो...

भर्खरै

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

एनएफपिजेद्वारा रङ र कला फोटोग्राफीसम्बन्धी कार्यशाला

काठमाडौं- नेपाली फोटोग्राफी क्षेत्रमा सक्रिय फोटोपत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने...

धेरै पढिएको