काठमाडौं – काठमाडौं युरो स्कुल गोगंबु बानियाटारले ‘इमर्जिङ सेन्टर अवार्ड’ हात पारेको छ । होटेल अन्नपूर्ण दबारमार्गमा युरो इन्टरनेशनलद्वारा आयोजित एक्सिलेन्स अवार्ड–२०१९ मार्फत सम्मान गरेको हो।
उक्त अवार्ड नेपालभरी रहेका आफ्ना केन्द्रहरुमध्येबाट उत्कृष्ट विद्यालयमा पर्न सफललाई हरेक वर्ष प्रदान गर्दै आएको छ । यो वर्ष भने त्यो अवार्ड युरो स्कुलले जित्न सफल भएको हो।
कार्यक्रममा विद्यालयको तर्फबाट युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डे र निर्देशक राजाराम पुडासैनीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले अभिभावकको माया, शिक्षकशिक्षीका तथा कर्मचारीहरुको मिहेनत र सहयात्री साथीहरूको प्रतिबद्धताले मात्रै ‘इमर्जिङ सेन्टर अवार्ड’ पाउन सफल भएको भन्दै खुसी व्यक्त गरे ।
त्यस्तै विद्यालयका निर्देशक पुडासैनीले स्कुलको उपलब्धिलाई संस्थागत गरि आगामी दिनमा अझै मिहेनत गरेर अघि बढ्न उर्जा मिलेको बताए ।
कार्यक्रममा नेपालमा भएका सम्पुर्ण युरो किड्स विद्यालय र युरो ईन्टरनेशनलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

