शाही युवा शक्तिले एमसीसी रोक्न अमेरिकन दूतावास घेर्ने

काठमाडौं – राजावादीहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा अमेरिकन दूतावास गर्ने भएका छन् । शाही यूवा शक्ति नेपालले यही माघ १४ गते एमसीसीको विरोधमा अमेरिकन दूतावास घेर्ने भएको हो ।

आइतबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाही युवा शक्ति नेपालले राष्ट्रघाती एमसीसीलाई रोक्न लागि महाराराजगंजमा रहेको दूतावास घेराउ गर्न लागिएको जनाएको छ । माघ १४ गते मंगलबार विहान साढे ११ बजे दूतावास घेराउको कार्यक्रम रहेको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै खड्काले भने, ‘देशलाई शैन्य अखडा बनाउनका लागि नेपालमा एमसीसी ल्याएर ठुलो राष्ट्रघात हुँदैछ ।’ उनले अगाडि भने, ‘एमसीसी संसदबाट पास हुनबाट रोक्नका लागि सबैजनालाई अमेरिकन दूतावास घेराउ कार्यक्रममा सहभागि भएर दवाव दिनका लागि अपिल गर्दछु ।’

उनले सबै राष्ट्रवादी नेपालीहरु एकजुट भएर लडेको खण्डमा देशले निकास पाउने भन्दै सबैलाई दूतावास घेराउ कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । राजतन्त्र हटेपछि देशमा शान्ती सुरक्षा अत्यान्त कमजोर भएको भन्दै खड्काले एमसीसी सम्झौताले देशलाई अशान्त मात्र हैन युद्धभुमी बन्ने होकी भन्ने चिन्ता व्यक्त गरे ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको