आजबाट फेरि मौसम सक्रिय, यी ठाउँमा वर्षासँगै हिमपात

काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली  नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको  छ । तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ ।

माघ १४ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरु र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका अधिकांश स्थानहरु र मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ । साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको