एलआईसी बीमा कम्पनी डुब्ने अवस्थामा, नेपाली जनतामा त्रास

काठमाडौं- नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ ।

भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ ।

बिबिसी हिन्दीका अनुसार एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ ।

यस्तो तथ्याकं सन् २०१४/१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।

त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धीले मोदी सरकारको नीतिका कारण एलआइसीमा नोक्सानी पुगेको र कम्पनीप्रति नागरिकको विश्वास गुम्दै गएको आरोप लगाएका छन् ।

एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ मात्रै भन्दै कुनै असर नपर्ने जनाएको छ।

 

नेपालमा के असर गर्छ ?

एलआइसीको ५५ प्रतिशत स्वामित्व रहेको कम्पनी हो लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) । एलआइसी नेपालका नामले चिनिने यो कम्पनीमा बिशाल ग्रुपको २५ प्रतिशत लगानी छ । त्यस्तै, सर्वसाधारणले आइपीअ‍ोका माध्यमबाट २० प्रतिशत लगानी गरेका छन् ।

५५ प्रतिशत लगानी रहेको माउ कम्पनी धरापमा परेसँगै त्यसको असर एलआइसीमा पनि पर्न सक्ने आंकलन गरिएको छ । यद्यपी त्यसबारेमा नियामक निकाय बीमा समिति र कम्पनीले भने हालसम्म कुनै धारणा व्यक्त गरेका छैनन् । माउ कम्पनी संकटमा परेसँगै उसले नेपालमा एउटा शाखाका रुपमा व्यवहार गर्दै आएको कम्पनीका बारेमा गर्ने निर्णयले एलआइसी नेपालको भविष्य निर्धारण हुनेछ ।

सम्भवत एलआइसी बन्द भएको खण्डमा एलआइसी नेपालको अस्तित्व पनि समाप्त हुनेछ ।

सिफारिस

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदै छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

भर्खरै

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

धेरै पढिएको