एलआईसी बीमा कम्पनी डुब्ने अवस्थामा, नेपाली जनतामा त्रास

काठमाडौं- नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ ।

भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ ।

बिबिसी हिन्दीका अनुसार एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ ।

यस्तो तथ्याकं सन् २०१४/१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।

त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धीले मोदी सरकारको नीतिका कारण एलआइसीमा नोक्सानी पुगेको र कम्पनीप्रति नागरिकको विश्वास गुम्दै गएको आरोप लगाएका छन् ।

एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ मात्रै भन्दै कुनै असर नपर्ने जनाएको छ।

 

नेपालमा के असर गर्छ ?

एलआइसीको ५५ प्रतिशत स्वामित्व रहेको कम्पनी हो लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) । एलआइसी नेपालका नामले चिनिने यो कम्पनीमा बिशाल ग्रुपको २५ प्रतिशत लगानी छ । त्यस्तै, सर्वसाधारणले आइपीअ‍ोका माध्यमबाट २० प्रतिशत लगानी गरेका छन् ।

५५ प्रतिशत लगानी रहेको माउ कम्पनी धरापमा परेसँगै त्यसको असर एलआइसीमा पनि पर्न सक्ने आंकलन गरिएको छ । यद्यपी त्यसबारेमा नियामक निकाय बीमा समिति र कम्पनीले भने हालसम्म कुनै धारणा व्यक्त गरेका छैनन् । माउ कम्पनी संकटमा परेसँगै उसले नेपालमा एउटा शाखाका रुपमा व्यवहार गर्दै आएको कम्पनीका बारेमा गर्ने निर्णयले एलआइसी नेपालको भविष्य निर्धारण हुनेछ ।

सम्भवत एलआइसी बन्द भएको खण्डमा एलआइसी नेपालको अस्तित्व पनि समाप्त हुनेछ ।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको