काठमाडौं – सशस्त्र प्रहरीमा रोकिएको एसएसपीहरुको बढुवा अघि बढेको छ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको सोमबर बसेको बढुवा समितिको वैठकले सशस्त्रका ५ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गरेको हो ।
बढुवा हुनेमा पुरानो ब्याचका एसएसपीहरु रहेका छन् । बढुवाका लागी नयां व्याचबाट पनि लविङ्ग भएपनि अन्तमा पुरानै व्याचबाट डिआईजीमा बढुवा भएको हो । बढुवा हुनेमा एसएसपीहरु केवी व्रमाचार्य, वंशिधर दाहाल,हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन् ।
वरियतामा अघि भएपनि डिआईजीमा बढुवा हुन आवश्यक पर्ने हाई लेभल म्यानेजमेण्ट तालिम नहुंदा एसएसपी हरिशचन्द्र अधिकारी बढुवा हुनबाट वंचित भएका छन् ।