प्रहरी अपराध विरुद्ध कठोर रुपमा प्रस्तुत हुनुपर्छ : महानिरीक्षक खनाल

 

भक्तपुर – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले अपराध विरुद्ध कठोर रुपमा प्रस्तुत भई अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायहरु तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका छन्  ।

महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्दै सो कुरा बताएका हुन्  ।

उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणको क्रममा सहयोगी दाता र निर्माण समितिका पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवन मार्फत आमनागरीकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउनु पर्नेमा जोड दिनुभयो ।

समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी” को अवधारणा ल्याएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताउनुभयो । कानुनको कार्यान्वयन गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रविधिसँगै मानवीय उपस्थिति पनि आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्‍वराज पोखरेलले नवनिर्मित सुन्दर भवनसँगै नेपाल प्रहरीको पेशागत क्षमतामा समेत थप अभिवृद्धि हुनुपर्ने चर्चा गर्नुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल प्रहरीले कानुनको कार्यान्वयनमा निष्पक्षरुपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो  ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

भवन निर्माण समितिका कोषाध्यक्ष जितेन्द्र खायमलीले नवनिर्मित भवनको आयव्यय विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको